"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशी र मधेस घटनाको न्यायिक छानबिन समिति गठन गर्नुपर्छ : भीष्मराज आङ्देम्बे

प्रकाशित मिति :  4 August, 2026 4:00 pm


काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले कोशी र मधेसका केही जिल्लामा भएको घटना छानबिन गर्न न्यायिक समिति गठनको माग गरेका छन्।

आज प्रतिनिधि सभामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरूरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलमा बोल्दै उनले कोशी र मधेसका घटनाबारे सरकारले चित्तबुझ्दो जबाफ पनि दिनुपर्ने बताए।

‘हाम्रो स्पष्ट माग छ- यस घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्नुपर्छ,’ उनले भने, ‘सुनसरी, सिरहा, धनुषा र पर्सा लगायतका जिल्लाहरूमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, यसबारे सरकारले चित्तबुझ्दो जबाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ।’

साथै सम्पूर्ण घाइतेहरूको पूर्ण शीघ्र स्वास्थ्यलाभको कामना गर्दै र क्षति भएको सम्पत्तिको यकिन गरी क्षतिपूर्तिको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको

काठमाडौँ- नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन गरेको छ । पार्टी कार्यालय सानेपामा तीन दिनसम्म चलेको पूर्वतयारी र

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सुनसरीको देवानगन्ज, सिरहालगायत विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले उत्पन्न परिस्थितिलाई अत्यन्त