"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपद् व्यवस्थापनका लागि कांग्रेसद्धारा रणनीतिक परिचालन टोली गठन

प्रकाशित मिति :  4 August, 2026 11:29 am


काठमाडौँ- नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन गरेको छ । पार्टी कार्यालय सानेपामा तीन दिनसम्म चलेको पूर्वतयारी र प्रतिकार्य प्रशिक्षणको समापनका अवसरमा उपसभापति विश्वप्रकाश शर्माले रणनीतिक परिचालन टोली गठनको घोषणा गरेका हुन्।

टोलीमा प्रशिक्षणमा सहभागी ४० युवा रहेका छन्। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको समापन गर्दै प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति शर्माले यो तीन दिनको अवधिलाई शुरुवात मानेर विपद्मा परेका मानिसको जीवन बचाउन अबको लामो यात्रा प्रारम्भ भएको मानेर काम गर्न सहभागीहरुलाई आग्रह गरे।

नेपाली कांग्रेस पार्टीले देशभर यस्ता एक हजार जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको पनि उनले जानकारी गराए। कांग्रेस समाज र राष्ट्रलाई जिताउन, विपद्मा परेकाहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ। प्रशिक्षणमा संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय रेडक्रसमा काम गरेका विज्ञहरुले प्रशिक्षण दिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सुनसरीको देवानगन्ज, सिरहालगायत विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले उत्पन्न परिस्थितिलाई अत्यन्त

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सुनसरीमा विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै