"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सेना दिवस २०८१ : सैनिक मञ्चमा बढाइँ र कला प्रदर्शनी

प्रकाशित मिति :  26 February, 2025 2:35 pm


काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा आयोजना गरिएको सेना दिवस २०८१ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा बुधबार बढाइँ तथा सैनिक कला प्रदर्शनी विशेष समारोहमा सहभागी भएका छन्। महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सहभागी भएका हुन्। सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्।

नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण गर्नुका साथै राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो। समारोहमा सेनाले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरेको थियो।

साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएको विभिन्न सवारीसाधन, उपकरण र हतियार प्रदर्शन गरेको थियो। राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिलाई पुरस्कार प्रदान गरेका थिए। साथै उनले मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका ब्यान्ड टिम प्रमुखलाई उपहार प्रदान गरेका थिए। कार्यक्रममा भारत, बेलायत र अमेरिकी सैनिक ब्यान्डबाट समेत ब्यान्ड प्रदर्शनी गरिएको थियो।

यसैगरी राष्ट्रपति पौडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका थिए। समारोहमा प्रथम महिला सबिता पौडेल पनि सहभागी थिइन्। त्यसैगरी कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतका उच्चपदस्थ पदाधिकारीको सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः