"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रुस र युक्रेनबीच शान्तिवार्ता नभए तेस्रो युद्ध हुने ट्रम्पको चेतावनी

प्रकाशित मिति :  1 March, 2025 8:49 am


काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्ता नोकझोँकमा परिणत भएको छ । ह्वाइट हाउसमा भएको भेटमा ट्रम्पले जेलेन्स्कीलाई उनको व्यवहार र कार्यशैलीबारे चेतावनी दिएका छन् ।

जेलेन्स्कीलाई ट्रम्पले भनेका छन्- ‘तपाईंको व्यवहार सम्झौता गर्नेजस्तो छैन । ख्याल गर्नुहोला, रुससँग युक्रेनले युद्धमा कहिल्यै जित्न सक्दैन।’ वार्ताकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा ठूलो समस्या भएको र त्यसलाई जित्न जेलेन्स्कीले नसक्ने दाबी गरेका थिए । तर अमेरिकाको साथमा भए त्यो समस्याबाट निस्कने मौका रहेको उनको भनाइ थियो ।

‘हामीले तपाईंलाई ३५० अर्ब डलर दिएका छौं । हामीले सैन्य उपकरणहरू दिएका छौं । यदि हामीले सैन्य सहायता नदिएको भए यो युद्ध दुई हप्तामा समाप्त हुने थियो,’ ट्रम्पले भनेका छन् । उनले जेलेन्स्कीलाई युद्ध बिरामको मनसाय छ कि छैन ? भन्दै प्रश्न गरेका थिए ।

‘यदि मैले तपाईं दुवै जना (रुस र युक्रेन) लाई बीचमा ल्याइन भने तपाईंहरू कहिले डिल गर्न सक्नुहुन्न । तपाईं पुटिनलाई घृणा गर्नुहुन्छ । अर्को पक्षको बारेमा पनि मनपर्ने केही छैन । यदि तपाईं मलाई कडा बन्न चाहनुहुन्छ भने, म संसारमा अरू कसैभन्दा कडा हुन सक्छु । तर तपाईंले यसरी सम्झौता गर्न सक्नुहुन्न,’ ट्रम्पको भनाइ थियो ।

जवाफमा जेलेन्स्कीले पनि आफूहरू युद्धविरामको पक्षमा रहेको बताएका छन् । ‘हामी पनि युद्धविराम चाहन्छौं,’ उनको भनाइ थियो । अमेरिका र रुसका प्रतिनिधिले हालै रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि वार्ता गरेका थिए ।

भेटका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि जेलेन्स्कीलाई ‘अनादर’ गर्ने व्यक्ति रहेको टिप्पणी गरेका थिए । जेलेन्स्कीले भेन्सको उक्त भनाइप्रति लक्षित गर्दै प्रश्न उठाएपछि तनाव सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ