"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पुँजीगत खर्च सत्ताइस प्रतिशत

प्रकाशित मिति :  ६ बैशाख २०७९, मंगलवार ०९:४५


काठमाडौँ।चालू आर्थिक वर्ष पूरा हुन तीन महिना बाँकी रहँदा पनि पुँजीगत खर्च एक तिहाइ पनि हुन सकेको छैन । आव २०७८/७९ को नौ महिना पूरा भइसक्दा लक्ष्यको २७.४५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चैतसम्मको पुँजीगत खर्च एक खर्ब तीन अर्ब ७८ करोड रुपियाँ मात्र खर्च भएको हो ।

चालू आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड रुपियाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । यस हिसाबले सरकारले बाँकी तीन महिनाभित्र दुई खर्ब ७५ अर्ब रुपियाँ खर्च गर्नुपर्ने देखिन्छ ।

यद्यपि सरकारले मध्यावधि समीक्षामार्फत पुँजीगत खर्च कुल विनियोजनको करिब ३८ अर्ब घटाउँदै तीन खर्ब ४० अर्ब ३२ करोड रुपियाँ खर्च गर्ने लक्ष्य तोकेको थियो । यस हिसाबले पनि सरकारले बाँकी तीन महिनामा दुई खर्ब ३७ अर्ब रुपियाँ खर्च गर्नुपर्ने हुन्छ ।

कुल खर्च ४९ प्रतिशत

समीक्षा अवधिमा सरकारले कुल सात खर्ब ९४ अर्ब २५ करोड रुपियाँ खर्च गरेको छ जुन लक्ष्यको ४८।६४ प्रतिशत हुन आउँछ । चालू आर्थिक वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड रुपियाँ खर्च गर्ने लक्ष्य बजेटमार्फत सार्वजनिक गरेको थियो ।

यसमध्ये सबैभन्दा धेरै चालू शीर्षकमा खर्च भएको कार्यालयको तथ्याङ्क छ । चैतसम्म लक्ष्यको ५८।७२ प्रतिशत अर्थात् छ खर्ब २५ अर्ब ५० करोड रुपियाँ चालू खर्च भएको छ । वित्तीय खर्च भने लक्ष्यको ३४।२९ प्रतिशत अर्थात् ६४ अर्ब ९६ करोड रुपियाँ खर्च भएको छ । चालू आर्थिक वर्ष एक खर्ब ८९ अर्ब ४३ करोड रुपियाँ वित्तीय खर्च गर्ने सरकारको लक्ष्य छ ।

राजस्व दुई तिहाइ

लक्ष्यअनुसार शीर्षकगत बजेट खर्च नभए पनि राजस्व सङ्कलन भने सन्तोषजनक नै देखिएको छ । चैतसम्म सरकारले लक्ष्यको दुई अर्थात् ६६।८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चैतसम्म सात खर्ब ८९ अर्ब २६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले ११ खर्ब ८० अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

कुल राजस्वमध्ये कर राजस्व ६८।१५ प्रतिशत अर्थात् सात खर्ब २७ अर्ब ७८ करोड रुपियाँ सङ्कलन भएको छ । चालू आर्थिक वर्ष १० खर्ब ६७ अर्ब ९६ करोड रुपियाँ कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै चैतसम्म ६१ अर्ब ४७ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ । यो लक्ष्यको ५४।५८ प्रतिशत हो । चालू आर्थिक वर्षका लागि एक खर्ब १२ अर्ब ६३ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको छ ।

अनुदान झन्डै १४ अर्ब

चालू आर्थिक वर्षको चैतसम्ममा १३ अर्ब ८८ करोड रुपियाँ अनुदान प्राप्त भएको छ । बजेटमार्फत चालू आर्थिक वर्ष ५९ अर्ब ९१ करोड रुपियाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखिएको थियो ।

त्यस्तै अन्य प्राप्तितर्फ सरकारले ३८ अर्ब ६१ करोड रुपियाँ सङ्कलन गरेको छ । राजस्व, अनुदान र अन्य प्राप्तिसमेत गरेर सरकारले चैतसम्म कुल आठ खर्ब ४१ अर्ब ७५ करोड रुपियाँ प्राप्त गरेको छ । यी सबै शीर्षकमार्फत चालू आर्थिक वर्ष सरकारले १२ खर्ब ४० अर्ब ५२ करोड रुपियाँ प्राप्त गर्ने लक्ष्य राखेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्रताका साथ काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन

काठमाडौँ – प्रतिनिधिसभाका सांसद्हरूले जीर्ण सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद अमृतलाल राजवंशीले झापा जिल्लाको मध्य भागमा पर्ने कनकाई

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबिच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने