"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आज दिल्ली पहिलो र नेपाल विश्वकै दोस्रो बढी प्रदूषित मापन

प्रकाशित मिति :  12 March, 2025 9:19 am


काठमाडौं – काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो ।

स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा छ । पहिलो स्थानमा भारत छ ।

वातावरण विभागका अनुसार आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब छ । त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको छ । त्यसपछि कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैंसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको छ ।

यसैगरी चितवनको भरतपुर र धनकुटाको वायुको गुणस्तर पनि अति खराब स्तरमा छ । अहिले काभ्रेको धुलिखेल, इलाम र बाँकेको नेपालगञ्ज क्षेत्रको हावाको गुणस्तर पनि खराब स्तरमा रहेको विभागको वेबसाइटमा देखिन्छ ।

हिजो बेलुका ललितपुरको लगनखेल क्षेत्रको एक्यूआई २०० सम्म नाघेको थियो । पानी नपरेसम्म वा बेस्सरी हावा नचलेसम्म धूलो र धुवाँका कण वायुमण्डलमा कायमै रहने भएकाले केही दिन यस्तो अवस्था कायमै रहनेसम्भावना छ । किनभने मौसमविदहरुका अनुसार तत्काल पानी पर्ने सम्भावना छैन ।

आज पनि बादल लाग्ने तर पानी पर्ने सम्भावना कम छ । तर चैत १ गते काठमाडौं लगायत देशको मध्य पहाडी भूभाग र उच्च  हिमाली क्षेत्रमा हावा चल्ने सम्भावना भएकाले प्रदूषण केही घट्ने अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सा‌ंसद हर्कराज राई (हर्क साम्पाङ) ले संविधान संशोधन कार्यशालाका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति)

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ। पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष