"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अन्तरिक्षमा नौ महिना विश्वकै लागि रोमाञ्चक यात्रा

प्रकाशित मिति :  20 March, 2025 8:43 am


एजेन्सी / वीवीसि – अन्तरिक्षमा २८६ दिन बसेर नासाका दुई वैज्ञानिक सुनीता विलिअम्स सनी र ब्यारी ई विल्मोर बुचु पृथ्वी फर्किएका छन्। तर उनीहरूको अन्तरिक्षवासु स्वैच्छिक नभई बाध्यात्मक थियो।

उनीहरूलाई लिएर आएको स्पेसएक्स क्रू ड्र्यागनको क्याप्स्यूल संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा स्थानीय समयानुसार मङ्गलवार अपराह्ण ६ बजेतिर (नेपाली समयानुसार बुधवार सबेरै) समुद्रमा अवतरण गर्‍यो।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अरू अन्तरिक्षयात्रीलाई लिएर गएको उक्त यानमा विलिअम्स र विल्मोर फर्किएका हुन्। आईएसएसबाट उनीहरूसँगै नासाका अन्तरिक्षयात्री निक हेग र रुसी अन्तरिक्षयात्री आलेक्सान्डर गोर्बुनोफ पनि फर्किए। उक्त यान १७ घण्टाको यात्रापछि आईएसएसबाट पृथ्वी आइपुगेको थियो।

अन्तरिक्षयान फिर्तीको नासाले आफ्नो वेबसाइट र सामाजिक सञ्जालका मञ्चहरूमा प्रत्यक्ष प्रसारण गरेको थियो। उक्त यान पानीमा ओर्लिएपछि त्यसको वरिपरि डल्फिनहरूको एउटा समूह भेला भएको थियो। प्रत्यक्ष प्रसारणमा उद्घोषकले ठट्ट्यौलो शैलीमा डल्फिनहरू नासाको टोलीका (मानार्थ सदस्य) भएको बताए।

पानीमा अवतरण गरेको एक घण्टाभित्रै सबै अन्तरिक्षयात्रीहरू ड्र्यागन क्याप्स्यूलबाट बाहिर निस्किएका थिए। नासाका कर्मचारीहरूले स्वागत गर्दा विलिअम्स र विल्मोर प्रफुल्ल मुद्रामा देखिन्थे।
बोइङ स्टारलाइनर क्याप्स्यूलको परीक्षण उडानमा सहभागी हुँदै उनीहरू गत जुन महिनामा आठ दिनका लागि भनेर अन्तरिक्षमा गएका थिए। तर उक्त यानमा प्राविधिक समस्या उत्पन्न भएपछि उनीहरू अन्तरिक्ष स्टेशनमै बस्न बाध्य भएका थिए। यसअघि उनीहरूलाई फिर्ता ल्याउन गरिएको प्रयास पनि विफल भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन