"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेल भेट्न प्रचण्ड शीतल निवासमा

प्रकाशित मिति :  24 March, 2025 10:31 pm


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल भेट्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार अपराह्न शीतलनिवास पुगे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड राष्ट्रपति पौडेल भेट्न दौरा सुरुवाल लगाएर शीतलनिवास पुगेका थिए । लामो समयदेखि अवरुद्ध रहेको संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रचण्ड पार्टीले चलाइरहेको जागरण अभियान स्थगित गरेर सोमबार काठमाडौं आएका हुन् । संक्रमणकालीन न्यायको अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरूप प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा भाग लिनुअघि प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

प्रचण्डका स्वकिय सचिव गोविन्द आचार्यले अनौपचारिक भेटघाट भएको जानकारी दिए । ‘यो अनौपचारिक र एकप्रकारको कर्टेसी ९शिष्टाचार० भेटघाट हो,’ आचार्यले भने, ‘भेटमा समसामयिक विषयमा कुराकानी भयो ।’ लामो समय भेट नभएकोले राष्ट्रपति र विपक्षी दलको नेताबीच भेटवार्ता भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः