"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिपक्ष मागे जवाफ, प्रधानमन्त्रीले दिए चेतावनी

प्रकाशित मिति :  26 March, 2025 8:42 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सम्बन्धमा जथाभावी नबोल्न चेतावनी दिएका छन् । उनले  प्रतिपक्षीले संसद्मा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको सम्बन्धमा प्रश्न गर्दै जवाफ माग गरिरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो चेतावनी आएको हो ।  एमालेको युवा संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो चेतावनी दिएका हुन् ।

‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईंहरू र प्रधानमन्त्रीको सम्बन्धमा जथाभावी पनि नबोल्नुस्,’ ओलीले चेतावनी दिए, ‘थाहा छ तपाईंहरूको पृष्ठभूमि । के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो त्यो पनि देखिएको छ । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्नुभएको छ । आफ्ना असफलताका कुण्ठा छर्ने थलो बनाउनुहुन्छ, संसदलाई ?’

घिसिङलाई बर्खास्त गरेको सम्बन्धमा प्रतिपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरुद्ध गरेका छन् । त्यसै सन्दर्भमा ओलीले भने, ‘यस्ता खालका क्रियाकलाप नगर्दा हुन्छ । के-के न ठूलो अपराध गरेको जस्तो, मैले यस्तो कुरा थाहा पाएँ, सुनेँ, यो कुरा गलत होस्, असत्य होस् । मैले सुनेको असत्य होस् । वाह, कुनै महान ठूलो कुरा गरेको जस्तो । कसैले के-के न ठूलो भ्रष्टाचार गरेको जस्तो, यो असत्य होस् । होइन रहेछ भने, नत्र ।’

प्रतिपक्षले गरेको संसद् अवरोधबारे ओलीले अगाडि भने, ‘ म भन्दिनँ चाहन्छु, चिसै पानीले नुहाउनुस् ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार

काठमाडौँ – मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावबारे मन्त्रिपरिषद बैठक बसेको छ। आइतबार साँझ परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपाललाई परेको प्रभाव, त्यसबारे