"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अख्तियारद्धारा नेपाल प्रहरीका सई ३० हजार घुससहित पक्राउ

प्रकाशित मिति :  27 March, 2025 9:57 pm


काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रूपन्देहीमा कार्यरत नेपाल प्रहरीका एक सईलाई घुससहित पक्राउ गरेको छ। अख्तियारको टोलीले हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्कालाई बिहीबार घुससहित पक्राउ गरेको हो।

सेवाग्रहीसँग तीस हजार नगद घुस लिइरहेको अवस्थामा खड्कालाई नियन्त्रणमा लिइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

रूपन्देहीको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्रहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीलाई खड्कालाई नियन्त्रणमा लिएको पौडेलले बताए।

सेवाग्रहीबाट घुस लिइसकेको अवस्थामा सई खड्कालाई मायादेवी गाउँपालिका–६ बाट घुस रकमसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए। खड्कामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै

काठमाडौँ- यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ। भक्तजनलाई स्नान गर्न र