"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  31 March, 2025 12:33 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबारको आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकको सुरुवातमै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा घटाइएको आपराधिक घटनामा संलग्न भएको खण्डमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उन्मुक्ति नपाउने बताए ।

प्रधानमन्त्री ओलीले इतिहासको कुनामा फ्याँकिसकेको व्यक्तिसँग सामेल भएर घटाइएको हिंस्रक घटनामा संलग्न जोसुकैमाथि कडा प्रशासनिक कारबाही हुने बताए ।

व्यक्ति हत्या, सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि गृह मन्त्रालयबाट छानबिन भइरहेको र विस्तृत विवरण प्रतिवेदनका रुपमा आउने उनले बताए । सम्बोधनकै क्रममा उनले एक वर्षदेखि संविधान र सरकारमाथि बारम्बार प्रहार समेत भएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको