"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  31 March, 2025 12:33 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबारको आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकको सुरुवातमै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा घटाइएको आपराधिक घटनामा संलग्न भएको खण्डमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उन्मुक्ति नपाउने बताए ।

प्रधानमन्त्री ओलीले इतिहासको कुनामा फ्याँकिसकेको व्यक्तिसँग सामेल भएर घटाइएको हिंस्रक घटनामा संलग्न जोसुकैमाथि कडा प्रशासनिक कारबाही हुने बताए ।

व्यक्ति हत्या, सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि गृह मन्त्रालयबाट छानबिन भइरहेको र विस्तृत विवरण प्रतिवेदनका रुपमा आउने उनले बताए । सम्बोधनकै क्रममा उनले एक वर्षदेखि संविधान र सरकारमाथि बारम्बार प्रहार समेत भएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी