"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिद्धारा ५ वटा विधेयक प्रमाणीकरण

प्रकाशित मिति :  31 March, 2025 8:15 pm


काठमाडौं – संघीय संसद्ले एकै दिनमा विभिन्न ५ वटा ऐन बनाएको छ । राष्ट्रिय सभामा एकैसदन पाँच वटा विधेयकमाथि दफावार छलफल भयो । दफावार छलफलपछि पाँच वटै विधेयक क्रमश पारित भए ।

सोमबार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए ।

बाँकी तीन वटा विधेयक अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेका थिए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको हो ।

राष्ट्रिय सभाबाट पारित पाँच वटै विधेयकको सन्देश सोमबार नै प्रतिनिधि सभामा टेबुल भयो । राष्ट्रिय सभाबाट पारित भएर गएको विधेयकका लागि प्रतिनिधिसभाको दोस्रो बैठक बसेको थियो ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा पाँच वटै विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गरिएको हो । यो सँगै संघीय संसद्का दुवै सदनले पाँच वटा विधेयक पारित गर्ने प्रक्रिया पूरा गरे ।

सभामुखले पनि सोमबार नै राष्ट्रपतिकहाँ पठाएका छन् । राष्ट्रपतिले पनि सोमबार नै ती विधेयकहरू प्रमाणीकरण गरे । यो सँगै ५ वटा विधेयक ऐनको रुपमा रुपान्तरित भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष