"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

प्रकाशित मिति :  9 April, 2025 1:40 pm


काठमाडौँ – चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रूपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो। नेपालको अर्थतन्त्रमा सुधार हुँदै जाँदा आर्थिक क्षेत्रमा सुधार हुने बताइएको छ। मुद्रास्फीति गत वर्षको तुलनामा वृद्धिदर कम हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा ५.४ प्रतिशतमा रहेकोमा २०२५ मा ५.२ प्रतिशत रहेको छ।

गत आर्थिक वर्ष नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुँदै गएको एडीबीले जनाएको छ। एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले ट्म्पको ट्यारिफ घोषणाले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्ने कार्यक्रममा बताएका थिए।

अमेरिकी नीतिगत परिवर्तनबाट प्रक्षेपणलाई कमजोर बनाएको छ भने अनिश्चय बढाएको उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा