"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दाउन्ने सडक दैनिक ४ घन्टा बन्द गरेर काम गरिदै

प्रकाशित मिति :  9 April, 2025 2:55 pm


नवलपरासी – पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नारायणढ–बुटबल सडक खण्डको दाउन्ने पहाडमा बुधबारदेखि दैनिक ४ घन्टा सडक बन्द गरी सडक बिस्तारको काम हुने भएको छ ।

जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार आजदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने छ । आउँदो वैशाख १ देखि १५ दिनसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरेर काम गर्ने प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।

राजमार्ग बिस्तारको काम हुँदा पूर्वतर्फबाट जाने गाडी दुम्कीबास, अरुणखोला, चोरमारा र पश्चिमतर्फबाट पूर्व जाने गाडी बर्दघाटमा रोकिने भएका छन् ।

पूर्व–पश्चिम जाने सवारी साधनले गैंडाकोटदेखि कालीगण्डकी करिडोर सडक (वैकल्पिक सडक) प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

बुटवल–नारायणगढ सडक बिस्तारको काम भइरहेको छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डमा पर्ने दाउन्ने पहाडको सडक १४ किलोमिटर छ । त्यहाँ दैनिक १८ हजारभन्दा धेरै गाडी ओहोरादोहोर गर्छन् । रामजार्ग बिस्तार गर्न भन्दै सडक भत्काइएका कारण त्यो १४ किलोमिटर सडक पार गर्न ३ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । राजमार्ग धुलाम्य हुँदा घन्टौं जाम हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक