"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

प्रकाशित मिति :  13 April, 2025 10:02 pm


इलाम – नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरू आज अपराह्न  कन्याम आइपुगेका हुन् । 

परराष्ट्रमन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गरेका हुन् । टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पुर्‍याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो ।

परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, बेलाय, स्विट्जरल्यान्ड, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रान्स, इजरायल, जापानलगायत मुलुकका राजदूत छन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी