"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

६ जना डीआईजी एआईजी बढुवामा सिफारिस

प्रकाशित मिति :  17 April, 2025 6:25 pm


काठमाडौँ – सरकारले ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको छ। बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ६ डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुने डीआईजीहरूमा चन्द्र कुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन्।

जनपद प्रहरी समूहतर्फका प्रहारी नायब महानिरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौं – ट्राफिक प्रहरीले ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट