"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उत्कृष्ट प्रहरी नै घुस लिएको आरोपमा अख्तियारद्धारा पक्राउ

प्रकाशित मिति :  26 April, 2026 7:53 pm


काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सेवाग्राहीसँग घुस-रिसवत मागेको सूचना एवं उजुरीका आधारमा आयोगको टोलीले क्षेत्रीलाई पक्राउ गरेको हो। पक्राउ परेका क्षेत्री २०८१ माघमा कास्की प्रहरीको ‘महिनाको उत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ)बाट सम्मानित भएका थिए।

अख्तियारको हिरासतमा रहेका क्षेत्रीमाथि आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको