"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस

प्रकाशित मिति :  10 May, 2026 3:04 pm


फाईल फोटो

काठमाडौं – ट्राफिक प्रहरीले ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको सवारी लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाइएको हो।

कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार उनीहरूले पाँच पटक भन्दा बढी सवारी नियमको उल्लंघन गरेका छन्। ‘एउटै कसुरमा ५ पटक भन्दा बढी कारबाहीमा परेका सवारी चालक लाइसेन्स निलम्बनका लागि पठाएका हौं। मापसे, लापसे, र मनलाग्दी चलाउने सवारी चालकहरू छन्,’ उनले भने।

पछिल्लो समय ट्राफिक प्रहरी कार्यालयले विभिन्न ठाउँमा फेसलेस ट्राफिक म्यानेजमेन्टको व्यवस्था गर्न थालेको छ। ट्राफिक लाइटलाई नियमित रूपमा सञ्चालन गर्ने र नियम उल्लंघन कारबाहीका लागि सिसिटिभीमार्फत निगरानी गरी कारबाही प्रक्रिया अघि बढाइएको एसएसपी अधिकारीले बताए।

यस अन्तर्गत अहिले थापाथली चोकमा ट्राफिकको संख्या समेत घटाउन थालिएको छ। अहिले त्यहाँ ट्राफिक नियम उल्लंघनको निगरानी सिसिटिभीमार्फत गर्दै आएका छौं। ‘ट्राफिकको संख्या घटाइसकेका छौं। केहीमात्रै बस्छन्। त्यसबाहेक अहिले सिसिटिभीमार्फत निगरानी गर्न सुरू गरेका छौं। अस्ति एकैदिन २०० जना कारबाहीमा परे,’ उनले भने।

त्यसैगरी, चोरी भएका ६५ वटा दुई पांग्रे सवारीसाधन खोजी गरेर ट्राफिक प्रहरीले सवारीधनीलाई फिर्ता गरेको छ। आइतबार एक कार्यक्रमबीच प्रहरीले ६५ वटा सवारीसाधन फिर्ता गरेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा.जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको

काठमाडौं – रौतहट जिल्ला अदालत गौरका डिठ्ठा लवकुमार सिंहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अदालतको फैसला बमोजिम दाखिला

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा