रास्वपाको कस्तो छ ‘अर्थ–राजनीतिक प्रस्ताव’ [पूर्णपाठ]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ‘अर्थ–राजनीतिक प्रस्ताव’ प्रस्तुत गरेका छन् । मंगलबार चलिरहेको बन्द सत्रमा ८ पृष्ठ लामो प्रस्तावना प्रस्तुत गरेका हुन् । जसको प्रस्तावनामा उनले रास्वपालाई ‘उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’ भनेर परिचय दिएका छन् ।
‘रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,’ जसमा भनिएको छ, ‘यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिमापूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवापलदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।’
उनले प्रस्तावनाको ५ बुँदामा संक्षिप्त व्याख्या पनि गरेका छन्, भने १० बुँदामा पूर्ण व्याख्या गरेका छन् । अन्तिममा युगीन आह्वान भन्दै रास्वपाले ‘नेपाललाई २१ औं शताब्दीको उदार, समुन्नत, समावेशी र आत्मविश्वासी राष्ट्र बनाउने यात्रामा अग्रसर हुने’ भनिएको छ ।
पूर्णपाठ :













