"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ब्राजिलका पूर्वराष्ट्रपति भ्रष्टाचार आरोपमा पक्राउ

प्रकाशित मिति :  25 April, 2025 10:33 pm


काठमाडौं – ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलो पक्राउ परेका छन्। भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै ९ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार उनलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घुस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरेको थियो। जसका कारण उनले कार्यकाल नसकिँदै राजीनामा दिएका थिए। एफपीले स्रोतलाई उद्धृत गर्दै ७५ वर्षीय उनलाई देशको उत्तरपूर्वी क्षेत्रबाट पक्राउ गरेको उल्लेख गरेको छ।

पक्राउ आदेश खारेज गर्ने उनको प्रयासलाई पनि अदालतले अस्वीकार गरेको थियो। एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको पूर्व सहायक कम्पनीबीच ‘अनियमित रूपमा सम्झौता गर्न’ रकम लिएको उनीमाथि आरोप छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी – बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।