"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ब्राजिलका पूर्वराष्ट्रपति भ्रष्टाचार आरोपमा पक्राउ

प्रकाशित मिति :  25 April, 2025 10:33 pm


काठमाडौं – ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलो पक्राउ परेका छन्। भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै ९ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार उनलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घुस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरेको थियो। जसका कारण उनले कार्यकाल नसकिँदै राजीनामा दिएका थिए। एफपीले स्रोतलाई उद्धृत गर्दै ७५ वर्षीय उनलाई देशको उत्तरपूर्वी क्षेत्रबाट पक्राउ गरेको उल्लेख गरेको छ।

पक्राउ आदेश खारेज गर्ने उनको प्रयासलाई पनि अदालतले अस्वीकार गरेको थियो। एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको पूर्व सहायक कम्पनीबीच ‘अनियमित रूपमा सम्झौता गर्न’ रकम लिएको उनीमाथि आरोप छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा