"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

६ सय ६१ जनाले स्टार्टअप कर्जा

प्रकाशित मिति :  5 May, 2025 9:27 pm


काठमाडौँ – यस वर्ष ६ सय ६१ जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आइतबार सूचना जारी गर्दै स्टार्टअप कर्जाका लागि ६ सय ६१ उद्यमीलाई सिफारिस गरेको हो। यी उद्यमीले तीन प्रतिशत ब्याजदरमा यस्तो कर्जा पाउँछन्।

चालु आर्थिक वर्षको बजेटले स्टार्टअप कर्जाका लागि १ अर्ब रूपैयाँ छुट्याएको थियो। प्रतिष्ठानले उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रूपैयाँसम्म कर्जा दिने भएको हो। सिफारिस भएका उद्यमीहरूले सूचना जारी भएको ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क नगरे परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुनेछ।

प्रतिष्ठानले बिहीबारसम्म कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना प्रकाशन गर्ने भएको छ। अन्य कुनै संस्थाबाट यसअघि सहुलियत कर्जा लिएका उद्यमी भए त्यस्तो कर्जा भुक्तान भएको अवस्थामा मात्रै तिनले कर्जा प्राप्त गर्ने भएका छन्।

छानिएका उद्यमीले व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान/भ्याट दर्ताको सक्कल, उद्यमीको नागरिकताको सक्कल, आर्थिक वर्ष २०८०–८१ को कर चुक्ता प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो, व्यवसायको छाप, परियोजना लिजरभाडामा सञ्चालनमा रहेको भए सम्झौताको प्रतिलिपि तथा व्यवसायको प्रकृति अनुसार अन्य निकायबाट लिनुपर्ने अनुमति पत्र लिएर तोकिएको बैंक शाखामा जानु पर्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले