"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय तहको निर्वाचन जेठ ४ गते एकै चरणमा

प्रकाशित मिति :  1 February, 2022 5:40 pm


messenger sharing button
whatsapp sharing button

काठमाडौं, १७ माघ। स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने सहमति भएको छ। मंगलबार निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा आयोगले २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न परामर्श दिएको थियो। आयोगले राखेको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

‘आज प्रधानमन्त्रीसँग हामीले स्थानीय तहको निर्वाचनको मितिबारे परामर्श गर्न भेटेका थियौँ। आयोगले निर्वाचनको मिति जेठ ४ गतेलाई प्रस्ताव गर्‍यो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले जेठ ४ गतेको मितिमा सहमति जनाउनुभएको छ।’
छलफलमा प्रधानमन्त्री देउवाले आयोगलाई निर्वाचनको तयारी थाल्न निर्देशनसमेत दिएका छन्। ‘सरकारले मन्त्रिपरिषदबाट छिट्टै निर्वाचनको मिति घोषणा गर्छ, तपाईंहरूले निर्वाचनको तयारी थाल्नुस् भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ थपलियाले भने। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य