"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मनसुनजन्य विपदबाट करिब २० लाख सर्वसाधारण प्रभावित हुन आकलन 

प्रकाशित मिति :  3 June, 2025 6:18 pm


काठमाडौँ, २० जेठः राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बास्तोला मङ्गलबार सिहंदरबारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ बारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्तव्य राख्नुहुँदै। तस्बिरः हरिराम भेटुवाल÷रासस

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपदबाट करिब २० लाख सर्वसाधारण प्रभावित हुन आकलन गरेको छ।

मनसुन पुर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाबारेमा जानकारी दिन मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण रहेको भन्दै करिब २० लाख सर्वसाधारण प्रभावित हुन आकलन रहेको जनाएको हो।

प्राधिकरणको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ।

त्यसमध्ये २ लाख जना प्रत्यक्ष प्रभावित हुने देखिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए। उनले विपद् जोखिम न्यूनीकरणका लागि मनसुन सुरु हुनेबित्तिकै केन्द्रदेखि स्थानीय तहमा प्रतिकार्य कमान्ड पोस्ट सक्रिय हुने बताए। केसीले खोज तथा उद्धारका लागि बेलिब्रिज, र्‍याफ्टिङ बोट र हेभी इक्युपमेन्टसहितका सामग्री प्रयाप्त मौज्दात राखिएको जानकारी दिए। उनले भने, ‘मनसुन प्रतिकार्यका लागि सबै स्थानीय तहलाई सक्रिय बनाउने गरी परिपत्रसमेत भइसकेको छ।’

त्यस्तै केन्द्रीय र जिल्ला विपद् व्यवस्थापन कोषमा पर्याप्त मौज्दात सुनिश्चितता गरिएको प्राधिकरणले जनाएको छ। पत्रकार सम्मेलनमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख एवं सहसचिव बन्धुप्रसाद बास्तोलाले विपद्का सूचना तथा जानकारी समयमै नागरिकसम्म पुर्‍याउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी