"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना

प्रकाशित मिति :  12 June, 2025 4:02 pm


काठमाडौँ – भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । प्रारम्भिक सूचना अनुसार टेक अफ गरेपछि विमान दुर्घटनामा परेको हो । सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो ।

जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभ्रवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहमदाबाद विमानस्थलको रनवे-२३ बाट भारतीय समयअनुसार दिउँसो १:३८ मा उडेको ५ मिनेटभित्रै जहाज दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद प्रहरीका आयुक्त जीएस मलिकका अनुसार उक्त जहाज विमानस्थलनजिकै रहेको मेघाणीनगरमा दुर्घटनामा परेको हो ।

उक्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा