"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय चुनाव २०७९ : एक लाख ५२ हजार उम्मेदवार

प्रकाशित मिति :  28 April, 2022 3:32 pm


काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि एक लाख ५२ हजार चार सय ६५ जनाले उम्मेदवारी दिएका छन्। वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार दुई सय २१ पदका लागि मतदान हुँदैछ।

निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार चार सय ९४ उम्मेदवारी परेको छ।

यस्तै अध्यक्षमा तीन हजार तीन सय ८७, उपप्रमुखमा दुई हजार ५६, उपाध्यक्षमा दुई हजार एक जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

वडाध्यक्षमा ३५ हजार दुई सय ५६ र सदस्यमा ५५ हजार चार सय ७१ जनाको उम्मेदवारी परेको छ।

आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ।

यही वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो।

यसैबीच आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य