"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय चुनाव २०७९ : एक लाख ५२ हजार उम्मेदवार

प्रकाशित मिति :  28 April, 2022 3:32 pm


काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि एक लाख ५२ हजार चार सय ६५ जनाले उम्मेदवारी दिएका छन्। वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार दुई सय २१ पदका लागि मतदान हुँदैछ।

निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार चार सय ९४ उम्मेदवारी परेको छ।

यस्तै अध्यक्षमा तीन हजार तीन सय ८७, उपप्रमुखमा दुई हजार ५६, उपाध्यक्षमा दुई हजार एक जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

वडाध्यक्षमा ३५ हजार दुई सय ५६ र सदस्यमा ५५ हजार चार सय ७१ जनाको उम्मेदवारी परेको छ।

आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ।

यही वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो।

यसैबीच आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी