"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी–२० आई सिरिज : स्कटल्याण्डसँग नेपाल पराजित

प्रकाशित मिति :  20 June, 2025 11:09 pm


काठमाडौँ- टी–२० आई सिरिजको अन्तिम खेलमा आज स्कटल्याण्डसँग नेपाल पराजित भएको छ । शुक्रबार राति भएको खेलमा स्कटल्याण्डसँग नेपाल ३४ रनले पराजित भएको हो ।

जितका लागि नेपाललाई स्कटल्याण्डले ५ विकेटको क्षतिमा १९४ रनको लक्ष्य दिएको थियो । नेपाल १५९ रनमा अलआउट भयो ।सिरिजमा स्कटल्यान्ड र नेदरल्यान्ड्सले पनि समान चार चार अंक जोडे । रनरेटमा भने स्कटल्यान्ड पहिलो, नेपाल दोस्रो र नेदरल्यान्ड्स तेस्रो भए ।

जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्याण्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्ड्सलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । 

यसैगरी स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्याण्डलाई नेदरल्याण्ड्सले १७ रनले हराएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। योसँगै नेपालले

काठमाडौं – ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ ।अमेरिकाले