"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी

प्रकाशित मिति :  22 May, 2026 9:20 pm


काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ३१७ रनको लक्ष्य दिँदा अमेरिका १९५ रनमा अमेटिएको हो।

अमेरिका ४१.२ ओभरमै अलआउट भएको हो। बलिङमा नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिएका छन्। ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, र गुलशन झाले दुई-दुई विकेट लिएका हुन्।  सोमपाल कामीले भने एक विकेट लिएका हुन्।

ब्याटिङ तर्फ नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए। उनले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गरे। जारी सिरिजमा अमेरिका विरूद्धको पहिलो खेलबाट डेब्यू गरेका इशानले दोस्रो अर्धशतक प्रहार गरेका हुन्।

दिपेन्द्र सिंह ऐरी ५९ रन प्रहार गरी नट आउट रहे। उनले ५९ बल खेलेर ४ चौका र ४ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरी ४६ रन जोडे। ओपनर आशिफ शेखले ५७ बलमा ६ चौका प्रहार गरी ४३ रन जोडे। अर्का ओपनर कुशल भुर्तेलले ३९ बलमा ५ चौका प्रहार गरी २९ रन बनाए। गुल्सन झाले १५ रन बनाउँदा आरिफ शेख १८ रन बनाएर नट आउट रहे।

बलिङतर्फ अमेरिकाका लागि शुभम रन्जणेले ३ विकेट लिए। रशिल उगारकर र मिलिन्ड कुमारले एक/एक विकेट लिए। नेपालले पहिलो खेलमा अमेरिकालाई ९ विकेटले हराएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा