"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले केन्द्रीय कमिटीको बैठकमा यस्ता विषयमा छलफलका हुदै

प्रकाशित मिति :  21 July, 2025 2:22 pm


काठमाडौँ — सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो। बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्नेछन् ।

साथै, भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीमा केन्द्रित छलफल, पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रस्तावलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नेछन् ।

त्यस्तै, विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रस्तावको सन्दर्भमा महासचिव शंकर पोखरेलले वडा केन्द्रित अभियान, सदस्यता नवीकरण, प्रतिगमनकारी क्रियाकलाप विरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरूको अधिवेशन लगायतका बारेमा बैठकलाई जानकारी गराउनुहुने कार्यसूची रहेको छ।

केन्द्रीय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने बताइएको छ। साथै, समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय राजनीतिमा फर्काउने वा नफर्काउने भन्ने निर्णय पनि केन्द्रीय कमिटीले गर्ने बताइएको छ। बैठक सोमबार र मंगलबार गरी दुई दिन चल्नेछ।

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

एजेन्सी – अमेरिका र साउदी अरबबीच आणविक सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार साउदी अरबसँग नागरिक प्रयोजनका

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौँ- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ। गुठीले प्राप्त २९८ पुस्तकमध्येबाट छनोट