"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतका उपराष्ट्रपति जगदीप धनखडको राजीनामा

प्रकाशित मिति :  22 July, 2025 8:22 am


काठमाडौं – भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन दुई वर्ष बाँकी छँदै उपराष्ट्रपति धनखडले सोमबार राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुमा स्वास्थ्यको कारण देखाएका छन् । उनी ७४ वर्षका छन् । उनको कार्यकाल १० अगष्ट सन् २०२७ सम्म थियो ।

राष्ट्रपति द्रौपदी मुर्मुलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले लेखेका छन्,‘स्वास्थ्यको प्राथमिकता र चिकित्सकको सल्लाह पालना गर्दै मैले भारतको उपराष्ट्रपति पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएको छु ।’

उनले आफूलाई हालसम्म सहयोग गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिँदै प्रधानमन्त्री एवम् मन्त्रिपरिषद सदस्यप्रति आभार व्यक्त गरेका छन् । सन् २०२२ मा जगदीप धनखडले भारतको १४ औं उपराष्ट्रपतिको रुपमा शपथग्रहण गरेका थिए । सन् २०२२ को अगस्ट ६ मा भएको उपराष्ट्रपति निर्वाचनमा उनले विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई हराएका थिए ।

अहिले भारतमा मनसुन सत्र चलिरहेको छ । उपराष्ट्रपति भारतको राज्यसभाको सभापति हुने संवैधानिक व्यवस्था छ । मनसुन सत्र चलिरहेको बेला राजीनामा दिने धनखड पहिलो भारतीय उपराष्ट्र्रपति हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ