"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संवैधानिक अदालतको आदेशबाट थाइल्याण्डकी प्रधानमन्त्री पदमुक्त

प्रकाशित मिति :  29 August, 2025 5:27 pm


ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा तानिएकी सिनावात्राले नैतिकताको उल्लंघन गरेको भन्दै शुक्रबार पदमुक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

हुन सेन कम्बोडियाका प्रभावशाली नेता हुन्। सेनसँगको फोन कलमा सिनावात्राले ‘अंकल’ भनेर सम्बोधन गरेकी थिइन्। थाइल्याण्डको इतिहासमा कम उमेरमै प्रधानमन्त्री बनेकी सिनावात्रा करिब एक वर्ष प्रधानमन्त्री भइन्। फोनवार्ताको अडिओ बाहिरिएपछि संवैधानिक अदालतले नै जुलाइ १ मा उनलाई निलम्बन गरेको थियो। उनीहरूबीच सीमा विवादबारे कुराकानी भएको थियो।

तर फोन कलमा हुन सेनलाई ‘अंकल’ भनेर थाइल्याण्डको नीति विपरित काम गरेको आरोप लागेको थियो। फोन कलमा सिनावात्राले थाइल्याण्डकै सैनिक कमाण्डरको आलोचना गरेकी थिइन्। पछि सिनावात्राले आफ्नो अभिव्यक्तिबारे वार्ताको रणनीति बताउँदै माफी मागेकी थिइन्।

थाइल्याण्डमा राजतन्त्रको आडमा सेना धेरै शक्तिशाली छ। उनको सो टिप्पणीले ‘लक्ष्मण रेखा’ पार गरेको मानिन्छ। तर, त्यसपछि पनि विवाद मत्थर भएन। एक प्रमुख पार्टीले उनको सत्तारूढ गठबन्धन छोडेको थियो।  अर्बपति सिनावात्रा परिवारकी पेटोङटार्न १० महिनादेखि सत्तामा थिइन्।

उनी सन् २००१ मा प्रधानमन्त्री निर्वाचित भएका थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन्। उनको परिवारले निर्वाचनमा लगातार राम्रो प्रदर्शन गर्दै आइरहेको छ। तर सो परिवारनिकट नेताहरूको सरकार थाक्सिनको सरकारजस्तै सैन्य ‘कू’ र सेनाको प्रभाव रहेको अदालतको शिकार बन्दै आएका छन्।

सिनावात्राको अडिओ बाहिरिएको हप्तौंपछि दुई देशबीच तनाव सिर्जना भएको थियो। पाँच दिनसम्म एकले अर्कामाथि हमला समेत गरेका थिए। जसमा कतिपय मानिस मारिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ