"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दुई अमेरिकी र एक जापानी वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

प्रकाशित मिति :  7 October, 2025 9:09 am


एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ कोषिकालाई आक्रमण किन गर्दैन (पेरिफेरल इम्युन टोलरेन्स) भन्नेबारे आविष्कारका लागि उनीहरूलाई पुरस्कार दिने घोषणा सोमबार गरिएको हो।

नोबेल पुरस्कार समितिका अनुसार पुरस्कार जित्नेमा अमेरिकी नागरिकहरू मेरी ई ब्रन्को र फ्रेड राम्सडेल छन् भने जापानी नागरिक डा. शिमोन साकागुची हुन्। प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ कोषिका आक्रमण गर्दा हुने समस्यालाई अटोइम्युन रोग भनिन्छ। उनीहरूको अनुसन्धानले अटोइम्युन रोगहरूबारे प्रकाश पारेको छ। समाचार संस्था एपीका अनुसार ६४ वर्षीया ब्रन्को सिएटलको इन्स्टिट्युट फर सिस्टम्स बायोलोजीमा वरिष्ठ कार्यक्रम प्रबन्धक छिन्। त्यस्तै ६४ वर्षीय राम्सडेल सान फ्रान्सिस्कोमा रहेको सोनोमा बायोथेराप्युटिक्सका वैज्ञानिक सल्लाहकार हुन्।

७४ वर्षीय साकागुची जापानको ओसाका विश्वविद्यालयमा रहेको इम्युनोलोजी फ्रन्टियर रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक हुन्। ‘प्रतिरोधात्मक प्रणालीले कसरी काम गर्छ र किन हामी सबैलाई गम्भीर अटोइम्युन रोगहरू लाग्दैन भन्ने हाम्रो बुझाइका लागि उहाँहरूका आविष्कारहरू निर्णायक साबित भएका छन्,’ नोबेल समितिका अध्यक्ष ओले काम्पेले भने।

उनीहरूले झण्डै १२ लाख अमेरिकी डलरको पुरस्कार राशी बाँड्ने छन्। आधिकारिक रूपमा फिजियोलोजी वा मेडिसिनतर्फको नोबेल पुरस्कार भनिने यो पुरस्कार सन् २०२५ का लागि घोषणा गरिएको पहिलो नोबेल पुरस्कार हो। भौतिकशास्त्रतर्फको पुरस्कार मंगलबार, रसायनशास्त्रतर्फको बुधवार र साहित्यतर्फको पुरस्कार बिहीबार घोषणा गरिनेछ। नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रतर्फको नोबेल मेमोरियल पुरस्कार अक्टोबर १३ मा घोषणा हुनेछ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन

काठमाडौं – नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायक मन्त्री एसपल कपुरले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६