"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दुई अमेरिकी र एक जापानी वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

प्रकाशित मिति :  7 October, 2025 9:09 am


एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ कोषिकालाई आक्रमण किन गर्दैन (पेरिफेरल इम्युन टोलरेन्स) भन्नेबारे आविष्कारका लागि उनीहरूलाई पुरस्कार दिने घोषणा सोमबार गरिएको हो।

नोबेल पुरस्कार समितिका अनुसार पुरस्कार जित्नेमा अमेरिकी नागरिकहरू मेरी ई ब्रन्को र फ्रेड राम्सडेल छन् भने जापानी नागरिक डा. शिमोन साकागुची हुन्। प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ कोषिका आक्रमण गर्दा हुने समस्यालाई अटोइम्युन रोग भनिन्छ। उनीहरूको अनुसन्धानले अटोइम्युन रोगहरूबारे प्रकाश पारेको छ। समाचार संस्था एपीका अनुसार ६४ वर्षीया ब्रन्को सिएटलको इन्स्टिट्युट फर सिस्टम्स बायोलोजीमा वरिष्ठ कार्यक्रम प्रबन्धक छिन्। त्यस्तै ६४ वर्षीय राम्सडेल सान फ्रान्सिस्कोमा रहेको सोनोमा बायोथेराप्युटिक्सका वैज्ञानिक सल्लाहकार हुन्।

७४ वर्षीय साकागुची जापानको ओसाका विश्वविद्यालयमा रहेको इम्युनोलोजी फ्रन्टियर रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक हुन्। ‘प्रतिरोधात्मक प्रणालीले कसरी काम गर्छ र किन हामी सबैलाई गम्भीर अटोइम्युन रोगहरू लाग्दैन भन्ने हाम्रो बुझाइका लागि उहाँहरूका आविष्कारहरू निर्णायक साबित भएका छन्,’ नोबेल समितिका अध्यक्ष ओले काम्पेले भने।

उनीहरूले झण्डै १२ लाख अमेरिकी डलरको पुरस्कार राशी बाँड्ने छन्। आधिकारिक रूपमा फिजियोलोजी वा मेडिसिनतर्फको नोबेल पुरस्कार भनिने यो पुरस्कार सन् २०२५ का लागि घोषणा गरिएको पहिलो नोबेल पुरस्कार हो। भौतिकशास्त्रतर्फको पुरस्कार मंगलबार, रसायनशास्त्रतर्फको बुधवार र साहित्यतर्फको पुरस्कार बिहीबार घोषणा गरिनेछ। नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रतर्फको नोबेल मेमोरियल पुरस्कार अक्टोबर १३ मा घोषणा हुनेछ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको अन्त्येष्टिमा सहभागी

काठमाडौं – बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज (मंगलबार) बिहान स्थानीय समयअनुसार

काठमाडौँ- नेपाली सेनाका पूर्वरथी (जर्नेल) बालानन्द शर्मा परराष्ट्रमन्त्री भएका छन्। नवनियुक्त परराष्ट्रमन्त्री शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित समारोहमा

काठमाडौँ — नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ