"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालद्धारा कुवेत ५८ रनले पराजित

प्रकाशित मिति :  9 October, 2025 10:33 am


काठमाडौँ- आईसीसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले कुवेतलाई ५८ रनले हराएको छ। ओमानको मस्कटमा बुधबार भएको प्रतिस्पर्धामा नेपाल विजयी भएको हो। नेपालले कुवेतविरुद्ध १४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनाएको थियो। आईसीसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको हो।

नेपाली टोलीका सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिएका थिए। ललित नारायण राजवंशी र रोहित पौडेलले २-२ विकेट लिएका थिए भने दीपेन्द्रसिंह ऐरी, करण केसी र नन्दन यादवले १-१ विकेट लिएका थिए।

त्यसअघि ओमान क्रिकेट एकेडेमी-१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए। गुल्सन झाले ६ बलमा ३ छक्कासहित २० रन बनाएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा