"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालद्धारा कुवेत ५८ रनले पराजित

प्रकाशित मिति :  9 October, 2025 10:33 am


काठमाडौँ- आईसीसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले कुवेतलाई ५८ रनले हराएको छ। ओमानको मस्कटमा बुधबार भएको प्रतिस्पर्धामा नेपाल विजयी भएको हो। नेपालले कुवेतविरुद्ध १४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनाएको थियो। आईसीसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको हो।

नेपाली टोलीका सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिएका थिए। ललित नारायण राजवंशी र रोहित पौडेलले २-२ विकेट लिएका थिए भने दीपेन्द्रसिंह ऐरी, करण केसी र नन्दन यादवले १-१ विकेट लिएका थिए।

त्यसअघि ओमान क्रिकेट एकेडेमी-१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए। गुल्सन झाले ६ बलमा ३ छक्कासहित २० रन बनाएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट