"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जापानलाई पराजित गर्दै नेपालले सुपर ६ मा

प्रकाशित मिति :  10 October, 2025 10:57 pm


काठमाडौँ–  आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।  ओमान क्रिकेट एकेडेमीमा समूहको अन्तिम खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो। 

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २१ बलमा २१ रन र आसिफ शेखले २१ बलमा ३८ रन बनाए। दुवै ओपनर आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो।  कप्तान रोहिकुमार पौडेल १८ रन, सन्दीप जोरा ५ रन र कुशल मल्ल ४ रनमा आउट भएका थिए। तर गुल्सन झाले २० बलमा नटआउट २८ रन र दीपेन्द्रसिंह ऐरीले १४ बलमा नटआउट १४ रन बनाए। गुल्सनले १ चौका र २ छक्का प्रहार गरे। 

बलिङमा जापानका शोमा स्लाटरले २ विकेट लिए। त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ८ विकेटको क्षतिमा १३१ रन जोड्यो। जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६ बलमा ६० रन जोडे। उनले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै इशम रहमानले २५ बलमा १ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए। उनीहरुबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो। 

१३औं ओभरको पाँचौ बलमा रहमानलाई सोमपाल कामीले आउट गरेपछि नेपाल खेलमा फर्कियो। अर्को ओभरमा फ्लेमिङलाई गुल्सन झाले रोहित पौडेलबाट क्याच गराएपछि नेपालले जापानलाई दबाब दियो।  १३औं ओभरको चौथो बलसम्म एक विकेट मात्र गुमाउँदा ९७ रन जोडेको जापानले थप ३४ रन बनाउँदा ७ विकेट गुमायो। 

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले २-२ विकेट लिए। गुल्सनले ४ ओभरमा १ मेडन राख्दा २० रन खर्चिए। पहिलो दुई ओभरमा खर्चिलो बनेका सन्दीपले पछिल्लो दुई ओभरमा किफायती बलिङ गरेका थिए। उनले ४ ओभरमा २५ रन दिए।

नन्दन यादव र सोमपाल कामीले १-१ विकेट लिए। दुवै टोली यसअघि नै सुपर-६ मा पुगिसकेका छन्। आजको जितसँगै नेपालले सुपर-६ मा दुई अंक जोडेको छ। अब नेपालले सुपर-६ मा अरू चार टोलीसँग खेल्नेछ। युएई र कतारले सुपर-६ मा स्थान पक्का गर्दा बाँकी दुई टोली आज राति ओमान र पिएनजीबीच हुने खेलपछि टुंगो लाग्नेछ।

छ टोलीबीच हुने सुपर-६ को शीर्ष तीनमा पर्न सक्ने टोलीहरू आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्। शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० विश्वकपमा छनोट हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध