"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अपराजित रहँदै नेपाल च्याम्पियन

प्रकाशित मिति :  17 October, 2025 9:25 pm


काठमाडौँ- आईसीसी ट्वान्टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्न सफल भएको छ। नेपाल अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओविरुद्ध १२४ रनको फराकिलो जित निकालेको छ।

नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामाओले पूरै ओभर खेलेर सात विकेटको क्षतिमा जम्मा ८७ रन मात्रै बनाउन सक्यो। सामाओका लागि सेन सोलियाले ४० र बेन्जामिन माइलाताले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि ललितनाराण राजवंशीले तीन तथा सन्दीप लामिछाने, करण केसी र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रन बनाएको थियो। नेपालका लागि आसिफ सेखले ४१ बलमा सर्वाधिक ६९ रन बनाएका थिए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ५३, लोकेस बमले नटआउट ३९, रोहित पौडेलले नटआउट २१ र कुशल भुर्तेलले १७ रन बनाएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट