"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् पुनर्स्थापनाको विकल्प नभएको एमाले निष्कर्ष

प्रकाशित मिति :  17 October, 2025 10:48 pm


काठमाडौँ – नेकपा एमालेले पार्टीको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरा गर्ने निर्णय गरेको छ। शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक विशेष प्रस्ताव पारित गर्दै ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष निकाल्दै यसका लागि लोकतन्त्र र संविधान पक्षहरूसँग सहकार्य गर्ने निर्णय गरेको गौतमले बताए।

बैठकले संसद् पुनर्स्थापनामा एमालेको जोड भए पनि पार्टी निर्वाचनबाट नभाग्ने भन्दै निर्वाचनको वातावरण बनाउन पनि माग गरेको छ। गौतमले मुलुकमा राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने र त्यसका लागि पार्टी एकताबद्ध भएर अघि बढने निर्णय गरेको जानकारी दिए।

जेनजी आन्दोलनका क्रममा भएको घुसपैठको स्वतन्त्र निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न बैठक माग गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।

काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिहरूले करारका कर्मचारी कटौती गर्दा सेवा प्रवाहमा असर परेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्

काठमाडौँ — सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकदेखि मधेश प्रदेश प्रदेश प्रमुखलाई पदमुक्त गर्नेसम्मको निर्णय गरेको छ । सुशीला

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन् ।उनले संविधान र