"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साम्बाको सानदार दुई गोलमा भारतविरूद्ध नेपालको जित

प्रकाशित मिति :  28 October, 2025 4:32 pm


काठमाडौं – नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ।  सोमबार भारतको सिलोङमा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोलको जित निकालेको हो।  नेपालको जितमा दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरिन्। उनले खेलको दोस्रो मिनेटमै गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्। 

साम्बाले ६३ मिनेटमा अग्रता दोब्बर पारेकी थिइन्। उनले डिबक्स बाहिरबाट हानेको फ्रिकिकले सिधै गोलपोस्टको दिशा लिएको थियो। यससँगै साम्बाले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ६६ पुर्‍याएकी छन्। भारतले ८१ मिनेटमा गोल फर्कायो। उसका लागि करिश्मा सिर्भोइकरले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन्। 

फिफा विन्डोमा भएको  यो खेललाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ।  खेलका लागि नेपाली टोलीमा तीन परिवर्तन गरिएको थियो। अघिल्लो खेल खेलका गोलकिपर अन्जिला तुम्बापो सुब्बा, डिफेन्डर हिराकुमार भुजेल र निशा थोकर आजको खेलको पहिलो रोजाइमा थिएनन्। आज अन्जना रानामगर, मनमाया दमाई र दीपा शाही पहिलो रोजाइमा परेका थिए। 

यसअघि पहिलो खेलमा नेपालले इरानसँग हार ब्यहोरेको थियो। भारतको सिलोङमा इरानसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले पराजित भएको थियो। भारतले यसअघि इरानसँग २-१ को हार ब्यहोरेको थियो। जसका कारण तीन देशबीचको यो सिरिजमा इरान पहिलो हुँदा नेपाल दोस्रो भयो। अब नेपालले भारतसँग सिक्किममा कात्तिक १३ गते प्रतिस्पर्धा गर्नेछ। यद्यपी सो खेललाई अन्तर्राष्ट्रिय मान्यता हुनेछैन।

नेपाल र भारतको महिला फुटबल टोलीबीच एक वर्षपछि प्रतिस्पर्धा गरेको हो। एक वर्षअघि काठमाडौंको दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिडेका थिए। सो खेलको निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिदा पेनाल्टी सुटआउटमा नेपाल ४-२ ले विजयी भएको थियो। सो खेलमा पनि सावित्राले नै नेपालका लागि बराबरी गरेकी थिइन्।

नेपाल र भारतको महिला फुटबल टोलीबीच अहिलेसम्म १९ खेल भएका छन्। जसमा नेपाल ३ खेलमा मात्र विजयी भएको छ भने भारतले ११ खेल जितेको छ। ५ खेल बराबरीमा सकिएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा