"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पेनाल्टी सुआउटमा भारतमाथि नेपालको जित

प्रकाशित मिति :  29 October, 2025 9:18 pm


काठमाडौँ – मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ मा नेपालले भारतलाई पराजित गरेको छ। भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा बुधबार खेलमा नेपालले भारतलाई टाइब्रेकरमा हराएको हो।

नेपाल र भारतले समान १–१ गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो। भारतकी सोम्या गुगुलोथ र नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेका थिए। खेल टाइब्रेकरमा पुग्दा नेपालकी गोलकिपर अञ्जना रानामगरले एक गोल पनि छिर्न दिइनन्। यता नेपालले भने टाइब्रेकरमा ३ गोल गरेको थियो।

नेपालका लागि सविता रानामगर, रश्मीकुमारी घिसिङ र निशा थोकर गरे। अनिता बस्नेको प्रहार भने बाहिरियो। भारतका लागि कुनै पनि खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्। प्रियदर्शनी र अस्तम ओरमको प्रहारलाई नेपाली गोलपिकर अञ्जना रानामगरले बचाउँदा सन्तोषको प्रहार बाहिरिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट