"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पेनाल्टी सुआउटमा भारतमाथि नेपालको जित

प्रकाशित मिति :  29 October, 2025 9:18 pm


काठमाडौँ – मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ मा नेपालले भारतलाई पराजित गरेको छ। भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा बुधबार खेलमा नेपालले भारतलाई टाइब्रेकरमा हराएको हो।

नेपाल र भारतले समान १–१ गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो। भारतकी सोम्या गुगुलोथ र नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेका थिए। खेल टाइब्रेकरमा पुग्दा नेपालकी गोलकिपर अञ्जना रानामगरले एक गोल पनि छिर्न दिइनन्। यता नेपालले भने टाइब्रेकरमा ३ गोल गरेको थियो।

नेपालका लागि सविता रानामगर, रश्मीकुमारी घिसिङ र निशा थोकर गरे। अनिता बस्नेको प्रहार भने बाहिरियो। भारतका लागि कुनै पनि खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्। प्रियदर्शनी र अस्तम ओरमको प्रहारलाई नेपाली गोलपिकर अञ्जना रानामगरले बचाउँदा सन्तोषको प्रहार बाहिरिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा