"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल अमेरिकासँग चार विकेटले पराजित

प्रकाशित मिति :  1 November, 2025 8:39 pm


काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो। जितका लागि नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

अमेरिकाका लागि साइत्यजा मुकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए। उनले १०१ बलमा दुई चौका र एक छक्काको सहयोगमा ७५ रन बनाए। त्यस्तै मिलिन्द कुमारले ६६ बलमा ७० रन बनाए।

साइन जाहाङिरले ३६, मोनाङ पटेलले २१, सुभम रन्जनले १९ र स्मित पटेलले १६ रन बनाए। नेपालका लागि सन्दिप लामिछानेले तीन विकेट लिए भने गुल्सन झा, करण केसी र नन्दन यादवले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो। नेपालका दीपेन्द्रसिंहले सर्वाधिक ७५ रन बनाए। उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे।

त्यस्तै करण केसीले ३१ बलमा दुई चौका र तीन छक्कासहित ४९ रनको योगदान दिए। कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए।

अमेरिकाका लागि हर्मित सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई–दुई विकेट लिए। त्यस्तै जसदीप सिंह र शुभम रन्जानेले समान एक–एक विकेट लिए।

जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो। नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनको अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा यूएईसँग पाँच विकेटले पराजित भएको थियो।

जारी शृंखलामा लगातार तेस्रो जित निकालेको अमेरिका लिग–२ तालिकाको शीर्ष स्थानमा छ। अमेरिकाले २३ खेलमा ३४ अंक जोडेको छ। नेपाल १९ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत बुधबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ। नेदरल्यान्ड्सको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्ड्सले

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको