"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको लगातार चौथो पराजय

प्रकाशित मिति :  5 November, 2025 8:15 pm


काठमाडौँ- आईसीसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय श्रृंखलामा नेपाल जितविहीन बनेको छ। बुधबार सम्पन्न चौथो तथा अन्तिम खेलमा नेपाल घरेलु टोली संयुक्त अरब एमिरेट्स (यूएई) सँग चार विकेटले पराजित भयो।

हारसँगै २० खेलमा १२ अंक जोडेको नेपाल सातौँ स्थानमा छ। पराजित यूएई समान खेलबाट १० अंकका साथ पुछारमा छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य यूएईले पाँच बल बाँकी रहँदै ६ विकेटको क्षतिमा पूरा गर्‍यो। यूएईका लागि मोहम्मद शहदादले ९६ रनको योगदान गरे। यसैगरी मोहम्मद वासिमले ७६, सोहेब खानले २९, कप्तान अलिसान शराफुले १८ र हर्षित कौशिकले १३ रन बनाए।

नेपालका लागि करण केसीले ३, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८, कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले १५ रन बनाए। यूएईका लागि जुनैद सिद्धिकी, मोहम्मद जवादुल्लाहल र ध्रुव परासरले २–२ तथा जाहिद अलीले एक विकेट लिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा