"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको लगातार चौथो पराजय

प्रकाशित मिति :  5 November, 2025 8:15 pm


काठमाडौँ- आईसीसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय श्रृंखलामा नेपाल जितविहीन बनेको छ। बुधबार सम्पन्न चौथो तथा अन्तिम खेलमा नेपाल घरेलु टोली संयुक्त अरब एमिरेट्स (यूएई) सँग चार विकेटले पराजित भयो।

हारसँगै २० खेलमा १२ अंक जोडेको नेपाल सातौँ स्थानमा छ। पराजित यूएई समान खेलबाट १० अंकका साथ पुछारमा छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य यूएईले पाँच बल बाँकी रहँदै ६ विकेटको क्षतिमा पूरा गर्‍यो। यूएईका लागि मोहम्मद शहदादले ९६ रनको योगदान गरे। यसैगरी मोहम्मद वासिमले ७६, सोहेब खानले २९, कप्तान अलिसान शराफुले १८ र हर्षित कौशिकले १३ रन बनाए।

नेपालका लागि करण केसीले ३, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८, कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले १५ रन बनाए। यूएईका लागि जुनैद सिद्धिकी, मोहम्मद जवादुल्लाहल र ध्रुव परासरले २–२ तथा जाहिद अलीले एक विकेट लिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट