"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ट्वान्टी–२० विश्वकपको समय तालिका सार्वजनिक, नेपाल कुन समुहमा ?

प्रकाशित मिति :  25 November, 2025 8:21 pm


काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ ।

नेपालसहित यो समूहमा दुई पटकको विजेता वेस्ट इन्डिज, १ पटकको विजेता इंग्ल्यान्ड, बंगलादेश र इटाली परेको छ । नेपालले इंग्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । वेस्ट इन्डिजलाई नेपालले सेप्टेम्बरमा शारजहाँमा भएको ३ खेलको शृंखलामा २–१ ले पराजित गरेको थियो ।

इटाली पहिलो पटक विश्वकप खेलिरहेको छ । युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई उछिन्दै नेदरल्यान्ड्स र इटाली विश्वकपमा पुगेका थिए । नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो ।

बंगलादेशसँग गत वर्ष नेपालले लगातार तेस्रो पटक खेल्न लागेको हो । बंगलादेशमा २०१४ तथा अमेरिका र वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा पनि नेपालले बंगलादेशसँग खेलेको थियो र दुबैमा पराजित रहेको थियो ।

सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ र शीर्ष दुई टोली सुपर एटमा पुग्ने छन् । सुपर एट दुई समूहमा विभाजन गरिएको छ र त्यसबाट समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छ ।

समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे, आयरल्यान्ड, ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई छन् ।

भारत र पाकिस्तान एकै समूहमा

भारत र पाकिस्तान एकै समूहमा रहेका छन् । पाकिस्तानले भारत भ्रमण गर्न अस्वीकार गरेकाले यी दुई राष्ट्रको खेल श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा रंगशालामा फेब्रुअरी १५ मा हुनेछ । भारत र पाकिस्तानसहित समूह ‘ए’ मा अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्

निर्धारित तालिका अनुसार ट्वान्टी–२० विश्वकपको फाइनल अहमदाबादमा हुने कार्यक्रम रहेको छ । तर पाकिस्तान फाइनल पुगेमा उपाधि भिडन्तको अन्तिम खेल श्रीलंकामा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाले सहज जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हराएको हो।

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात