"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ट्वान्टी–२० विश्वकपको समय तालिका सार्वजनिक, नेपाल कुन समुहमा ?

प्रकाशित मिति :  25 November, 2025 8:21 pm


काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ ।

नेपालसहित यो समूहमा दुई पटकको विजेता वेस्ट इन्डिज, १ पटकको विजेता इंग्ल्यान्ड, बंगलादेश र इटाली परेको छ । नेपालले इंग्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । वेस्ट इन्डिजलाई नेपालले सेप्टेम्बरमा शारजहाँमा भएको ३ खेलको शृंखलामा २–१ ले पराजित गरेको थियो ।

इटाली पहिलो पटक विश्वकप खेलिरहेको छ । युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई उछिन्दै नेदरल्यान्ड्स र इटाली विश्वकपमा पुगेका थिए । नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो ।

बंगलादेशसँग गत वर्ष नेपालले लगातार तेस्रो पटक खेल्न लागेको हो । बंगलादेशमा २०१४ तथा अमेरिका र वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा पनि नेपालले बंगलादेशसँग खेलेको थियो र दुबैमा पराजित रहेको थियो ।

सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ र शीर्ष दुई टोली सुपर एटमा पुग्ने छन् । सुपर एट दुई समूहमा विभाजन गरिएको छ र त्यसबाट समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छ ।

समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे, आयरल्यान्ड, ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई छन् ।

भारत र पाकिस्तान एकै समूहमा

भारत र पाकिस्तान एकै समूहमा रहेका छन् । पाकिस्तानले भारत भ्रमण गर्न अस्वीकार गरेकाले यी दुई राष्ट्रको खेल श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा रंगशालामा फेब्रुअरी १५ मा हुनेछ । भारत र पाकिस्तानसहित समूह ‘ए’ मा अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्

निर्धारित तालिका अनुसार ट्वान्टी–२० विश्वकपको फाइनल अहमदाबादमा हुने कार्यक्रम रहेको छ । तर पाकिस्तान फाइनल पुगेमा उपाधि भिडन्तको अन्तिम खेल श्रीलंकामा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट