"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

११ वर्षीय नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक

प्रकाशित मिति :  26 November, 2025 9:51 am


काठमाडौँ — ११ वर्षीय बाल कथाकार नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । उनको यो पहिलो एकल कथासंग्रह हो । यसअघि उनको संयुक्त क्रियटिभ कथाहरु कथासंग्रह प्रकाशित भएको थियो ।

आइतबार कौशलटारस्थित ग्लोबल पाठशालामा भएको कार्यक्रममा बालकथासंग्रहका कथाकार आचार्य, नेपाल बालसाहित्य समाजका निवर्तमान अध्यक्ष प्रमोद प्रधान, अध्यक्ष विजयराज आचार्य, नेपाल बाल वाङ्मय अनुसन्धान केन्द्रका अध्यक्ष अनन्तप्रसाद वाग्ले, हजुरआमा ललिता शर्मा, अग्रज बालसाहित्यकार शैलेन्दु नेपाल, वडा अध्यक्ष कृष्णहरि आचार्य, पाठशालाका अध्यक्ष ज्ञानेश्वर निरौला, कथाकार आचार्यकी आमा उपमा शर्मालगायतले संग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

मानव, मानवीय संवेदना, मातृत्व, समाजलाई मिहिन ढंगबाट केलाइएको संग्रहमा ७ वटा बालकथा समावेश छन् । पत्रकार सुशीला तामाङले सम्पादन गरेको संग्रहमाथि बाल साहित्यकार तथा पत्रकार नेत्र तामाङले समीक्षात्मक रुपमा टिप्पणी गरे । कथाकारले शीर्षकथा ‘कङ्गारुको एकता’बाहेक सबैमा मानवीय पात्रलाई केन्द्रमा राखेर निकै मन छुने ढंगबाट कथा सिर्जना गरेको तामाङले बताए । कथामा चाहिने पात्र निर्माण, संवाद, द्वन्द्व र समाधानको पाटोसमेत निकै बलियो रुपमा आएको तामाङको भनाइ छ ।

बालसाहित्य समाजका निवर्तमान अध्यक्ष प्रधानले बालकथाकार आचार्यको आगामी लेखन सिर्जनाका लागि शुभकामना व्यक्त गर्दै कथा सिर्जना गर्न त्यति सहज नभएको धारणा राखे । ‘कथा लेख्नु भनेको कथाकारले मान्छेको जीवनको अध्ययन गर्नु र मान्छेको जीवनभित्र पस्नु हो । यो सजिलो काम होइन’, उनले भने, ‘नीतिक बाबुले समाज र मान्छेको जीवनभित्र पसेर पात्रहरु निर्माण गर्नुभएको छ । यो सुरुवात हो । सधैं एकै पात्र हुँदैन । पात्रको खोजीमा उहाँले थुप्रै मान्छेको जीवनभित्र पस्नुहुन्छ ।’

आचार्यलाई नेपाल बालसाहित्य समाजका वर्तमान अध्यक्ष आचार्य, नेपाल बाल वाङ्मय अनुसन्धान केन्द्रका अध्यक्ष वाग्लेलगायतले बधाई दिँदै आगामी लेखन यात्राका लागि शुभकामना व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको

काठमाडौँ – चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ। बोर्डले एक सूचना