"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णाली याक्समाथी पोखरा एभेन्जर्स ३४ रनले विजयी

प्रकाशित मिति :  2 December, 2025 8:04 pm


काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले दुई विकेटको क्षतिमा २०१ रन बनाएको थियो। २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनमा समेटियो।

पोखराका लागि एडम रोसिङटनले ५५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका थिए। उनले ५८ बलमा ११ चौका र ७ छक्का प्रहार गर्दै १०८ रनमा अविजित रहे। यो जारी सिजनको दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका थिए।

पोखराका धनञ्जय लक्षणले २३ र कप्तान कुशल भुर्तेलले १८ रन जोडे। कर्णालीका लागि मार्क वाट र नन्दन यादवले समान १-१ विकेट लिए। कर्णालीका वाटले ५९, नजिबुल्लाह जड्रानले २४, पवन सर्राफले १९, प्रियांक पन्चालले १६, सोमपाल कामीले १३ रन बनाएका थिए।

पोखराका धनञ्जय लक्षण र ऋषि धवनले ३-३ विकेट लिए। किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले समान १-१ विकेट लिए। यो हारसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ। यद्यपि कर्णालीले अब आइतबार हुने लिगकै अन्तिम खेलमा जनकपुर बोल्ट्ससँग खेल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट