"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णाली याक्समाथी पोखरा एभेन्जर्स ३४ रनले विजयी

प्रकाशित मिति :  2 December, 2025 8:04 pm


काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले दुई विकेटको क्षतिमा २०१ रन बनाएको थियो। २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनमा समेटियो।

पोखराका लागि एडम रोसिङटनले ५५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका थिए। उनले ५८ बलमा ११ चौका र ७ छक्का प्रहार गर्दै १०८ रनमा अविजित रहे। यो जारी सिजनको दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका थिए।

पोखराका धनञ्जय लक्षणले २३ र कप्तान कुशल भुर्तेलले १८ रन जोडे। कर्णालीका लागि मार्क वाट र नन्दन यादवले समान १-१ विकेट लिए। कर्णालीका वाटले ५९, नजिबुल्लाह जड्रानले २४, पवन सर्राफले १९, प्रियांक पन्चालले १६, सोमपाल कामीले १३ रन बनाएका थिए।

पोखराका धनञ्जय लक्षण र ऋषि धवनले ३-३ विकेट लिए। किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले समान १-१ विकेट लिए। यो हारसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ। यद्यपि कर्णालीले अब आइतबार हुने लिगकै अन्तिम खेलमा जनकपुर बोल्ट्ससँग खेल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा