"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फिफा विश्वकप २०२६ को खेलतालिका सार्वजनिक

प्रकाशित मिति :  6 December, 2025 12:49 pm


काठमाडौं – आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वाशिंगटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका घोषणा गरिएको हो ।

आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा प्रतियोगिता हुँदैछ । यसपालि पहलो ‍पटक प्रतियोगितामा ४८ टिमहरू सहभागी हुँदैछन् ।  जसलाई १२ अलग–अलग समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा सबैभन्दा ठूलो टक्कर समूह ‘आई’ मा देखिन सक्ने अनुमान गरिएको छ । यो समूहमा फ्रान्सलाई नर्वेका साथ राखिएको छ । समूह ‘आई’ मा सेनेगल पनि परेको छ ।

साविक विजेता अर्जेन्टिना समूह ‘जे’ मा राखिएको छ । ब्राजिलले समूह ‘सी’ मा स्कटल्यान्ड र मोरक्कोजस्ता टिमको सामना गर्नुपर्ने छ ।आयोजक अमेरिकालाई समूह ‘डी’ मा अस्ट्रेलिया र पराग्वेजस्ता प्रतिद्वन्द्वी मिलेका छन् ।

यस्तो छ समूह चरणको खेल तालिका ?

समूह ‘ए’ : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, प्लेअफ ‘डी’ को विजेता
ग्रुप ‘बी’ : क्यानडा, प्लेअफ ‘ए’ को विजेता, कतार, स्विट्जरल्यान्ड
ग्रुप ‘सी’ : ब्राजिल, मोरक्को, हाइटी, स्कटल्यान्ड
ग्रुप ‘डी’ : अमेरिका, पैराग्वे, अस्ट्रेलिया, प्लेअफ ‘सी’ को विजेता
ग्रुप ‘ई’ : जर्मनी, कुराकाओ, आइभरी कोस्ट, इक्वाडोर
ग्रुप ‘एफ’ : नेदरल्यान्ड, जापान, प्लेअफ ‘बी’ को विजेता, ट्युनिशिया
ग्रुप ‘जी’ : बेल्जियम, मिस्र, इरान, न्युजिल्यान्ड
ग्रुप ‘एच’ : स्पेन, केप वर्दे, साउदी अरब, उरुग्वे
ग्रुप ‘आई’ : फ्रान्स, सेनेगल, प्लेअफ २ को विजेता, नर्वे
ग्रुप ‘जे’ : अर्जेन्टिना, अल्जिरिया, अस्ट्रिया, जोर्डन
ग्रुप ‘के’ : पोर्चुगल, प्लेअफ १ को विजेता, कोलम्बिया, उज्बेकिस्तान
ग्रुप ‘एल’ : इंग्ल्यान्ड, क्रोएशिया, घाना, पनामा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। योसँगै नेपालले