फिफा विश्वकप २०२६ को खेलतालिका सार्वजनिक
काठमाडौं – आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वाशिंगटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका घोषणा गरिएको हो ।
आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा प्रतियोगिता हुँदैछ । यसपालि पहलो पटक प्रतियोगितामा ४८ टिमहरू सहभागी हुँदैछन् । जसलाई १२ अलग–अलग समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा सबैभन्दा ठूलो टक्कर समूह ‘आई’ मा देखिन सक्ने अनुमान गरिएको छ । यो समूहमा फ्रान्सलाई नर्वेका साथ राखिएको छ । समूह ‘आई’ मा सेनेगल पनि परेको छ ।
साविक विजेता अर्जेन्टिना समूह ‘जे’ मा राखिएको छ । ब्राजिलले समूह ‘सी’ मा स्कटल्यान्ड र मोरक्कोजस्ता टिमको सामना गर्नुपर्ने छ ।आयोजक अमेरिकालाई समूह ‘डी’ मा अस्ट्रेलिया र पराग्वेजस्ता प्रतिद्वन्द्वी मिलेका छन् ।
यस्तो छ समूह चरणको खेल तालिका ?
समूह ‘ए’ : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, प्लेअफ ‘डी’ को विजेता
ग्रुप ‘बी’ : क्यानडा, प्लेअफ ‘ए’ को विजेता, कतार, स्विट्जरल्यान्ड
ग्रुप ‘सी’ : ब्राजिल, मोरक्को, हाइटी, स्कटल्यान्ड
ग्रुप ‘डी’ : अमेरिका, पैराग्वे, अस्ट्रेलिया, प्लेअफ ‘सी’ को विजेता
ग्रुप ‘ई’ : जर्मनी, कुराकाओ, आइभरी कोस्ट, इक्वाडोर
ग्रुप ‘एफ’ : नेदरल्यान्ड, जापान, प्लेअफ ‘बी’ को विजेता, ट्युनिशिया
ग्रुप ‘जी’ : बेल्जियम, मिस्र, इरान, न्युजिल्यान्ड
ग्रुप ‘एच’ : स्पेन, केप वर्दे, साउदी अरब, उरुग्वे
ग्रुप ‘आई’ : फ्रान्स, सेनेगल, प्लेअफ २ को विजेता, नर्वे
ग्रुप ‘जे’ : अर्जेन्टिना, अल्जिरिया, अस्ट्रिया, जोर्डन
ग्रुप ‘के’ : पोर्चुगल, प्लेअफ १ को विजेता, कोलम्बिया, उज्बेकिस्तान
ग्रुप ‘एल’ : इंग्ल्यान्ड, क्रोएशिया, घाना, पनामा














