"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा

प्रकाशित मिति :  9 December, 2025 8:16 pm


काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको क्वालिफायर–१ मा उसले विराटनगर किंग्सलाई ७७ रनले पराजित गरेको हो ।गत सिजन पनि सुदूरपश्चिमले क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई हराएर फाइनल पुगेको थियो ।

पराजित विराटनगरले भने अब क्वालिफायर–२ खेल्नेछ । त्यसमा उसको प्रतिद्वन्द्वी इलिमिनेटरको विजेता हुनेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स बुधबार खेल्दैछन् । जितका लागि १ सय ५६ रनको लक्ष्य पाएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाएर अलआउट भयो । यससँगै सुदूरपश्चिमले लिग चरणमा विराटनगरसँग बेहोरेको एक मात्र हारको बदला पनि लिएको छ ।

विराटनगरका फाफ डु फ्लेसिस ३६ रन बनाएर स्कट कुग्लेनको बलमा प्रदीप ऐरीले क्याच लिएपछि विराटनगरको एकोहोरा हार औपचारिकता मात्र बनेको थियो । उनी नै सर्वाधिक रन बनाउने खेलाडी रहे । ओपनरका रूपमा फ्लेसिसले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । विराटनगरको सुरुआत राम्रो रहेन् र ओपनर साम हेजलेट इनिङ्सको पहिलो बलमै आउट भए । लगतै मार्टिन गुपटिल दुई रन बनाएर आउट भए ।

नरेन भट्ट पनि आफ्नो खाता खोल्न असफल रहे । यस्तोमा विराटनगर तीन रन बनाउँदा तीन विकेट गुमाएको थियो । स्कोरले ४२ रन छुँदा बासिर अहमद प्रदीप ऐरीको बलमा उनीद्वारा नै समातिए । मिलन बोहराले लोकेश बमलाई पाँच रनको व्यक्तिगत स्कोरमा आउट गरेपछि विराटनगरले ५० रन बनाउँदा पाँच विकेट गुमाएको थियो । नारायण जोशी पनि एक रन मात्र बनाए आउट भए भने प्रतीश जीसीले रनआउट हुन अगाडि तीन रन मात्र थपे । मर्चेन्ट डि ल्याङ्गेको ब्याटबाट अन्त्यतिर १५ रन निस्केको थियो ।

त्यस अगाडि ओपनर विनोद भण्डारीको अर्धशतकको मदद्तले सुदूरपश्चिमले सात विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । उनले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनको यस सिजन यो दोस्रो अर्धशतक हो । उनलाई छाडेर अरूले गतिलो योगदान गर्न सकेनन् । आफ्नो पहिलो खेल खेलिरहेका अर्का ओपनर पाकिस्तानी ब्याटर मुख्तार अहजमले १० रन मात्र बनाए ।

यस्तै सेल्डन ज्याक्सनले पनि पहिलो खेल खेल्ने क्रममा ११ बलमा २० रन जोडे । इशान पाण्डे भने १३ रन बनाएर हेजलेटको बलमा आउट भए । नरेन भट्टले त्यसमा बाउन्ड्रीमा सनसनीपूर्ण क्याच लिए । दीपेन्द्रसिंह ऐरीले पनि धेरै ठूलो योगदान दिन सकेनन् र उनी तीन रन मात्र बनाएर रनआउट भए । हरमित सिंहले १४ रन मात्रै बनाउन सके । आरिफ सेखले इनिङ्सको अन्त्यति २० रन बनाए । विराटनगरको बलरमध्ये प्रतिश र ल्याङ्गेले दुई दुई विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्समाथि शानदार जित निकाल्दै विराटनगर किंग्स क्वालिफायरमा प्रवेश गरेको छ। शनिबारको भएको खेलमा अपराजित

काठमाडौं – आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वाशिंगटन

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित