"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमान्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा

प्रकाशित मिति :  10 December, 2025 7:36 pm


काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ ।

पहिला ब्याटिङ गरेको काठमान्डु बुधबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा १९.१ ओभरमा १ सय ११ रनमा अलआउट भयो । जबाफमा आएको लुम्बिनीले १७.४ ओभरमै लक्ष्य पूरा गर्‍यो ।

लुम्बिनीले बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्ससँग खेल्ने छ र विजेता टोलीले सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।

शेर मल्ल र कप्तान रोहित पौडेलले ३–३ विकेट लिए । शेरले ४ ओभरमा २२ र रोहितले ४ ओभरमा २५ रन खर्चे । रुबेन ट्रम्पलमनले ३.१ ओभरमा १० रन खर्चेर २ र अभिशेष गौतमले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।

खेलको दोस्रो ओभर तथा आफ्नो पहिलो ओभरको पहिलो बलमै शेरले आकाश त्रिपाठीलाई १ रनमा आउटमा गरेपछि काठमान्डुको नियमीत विकेट झरिरह्यो । तेस्रो नम्बरमा पठाइएका सन्नी पटेल पनि एक छक्का प्रहार गरे पनि ७ रन बनाई ट्रम्पलमनबाट एलबीडब्लु भए ।

ट्रम्पलमनले बेन चार्ल्सवर्थलाई ४ रनमा कट बिहाइन्ड गरी लुम्बिनीलाई अर्को ठूलो सफलता दिलाए । मिलिन्द कुमारलाई २ रनमा शेरले बोल्ड गरे । भीम सार्कीले १ छक्का प्रहार गरी १६ बलमा १४ रन बनाए । रोहितले एकै ओभरमा भीम र जोहन सिम्पसनलाई आउट गरी खेल पूर्णरुपमा लुम्बिनीको नियन्त्रणमा राखे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। योसँगै नेपालले