"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

प्रकाशित मिति :  11 December, 2025 7:36 pm


काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै लुम्बिनीले फाइनलमा स्थान बनायाे। लुम्बिनी पहिलो पटक एनपिएलको फाइनलसम्म पुगेको हो।

त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १७.५ ओभरमा अलआउट हुँदा ९४ रन मात्र जोड्न सक्यो।

विराटनगरका साम हेजलिथले सर्वाधिक ३४ रनको योगदान गर्दा नरेन भट्ट २१ र मर्चेन्ट डि लाङ १७ रन जोडेर पेभेलियन फर्किए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। लोकेश बम डक आउट हुँदा मार्टिन गप्टिल र फाफ डु प्लेसिसले क्रमशः दुई र तीन विकेट मात्र बनाए।

लुम्बिनीका तिलक भण्डारीले सर्वाधिक तीन विकेट लिँदा रुबेन ट्रम्पलमेन, जेजे स्मिथ र अभिशेष गौतमले समान दुई विकेट निकाले। शेर मल्लले एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि डार्सी सटले सर्वाधिक ४५ रन बनाएका थिए। ४१ बलमा तीन चौका र एक छक्का हिर्काए। कप्तान रोहितकुमार पौडेलले ३० बलमा समान दुई चौका र छक्कासहित ३४ रन बनाए। डार्सी र रोहितबीच दोस्रो विकेटको लागि ५६ बलमा ६९ रनको बलियो साझेदारी भयो। 

निरोशन डिकवेलले २२ बलमा ४ चौकासहित २९ रन बनाउँदा ओपनर दिनेश अधिकारीले एक रन मात्र जोडे। सन्दीप जोरा र जेजे स्मिथ दुवै डक आउट भए। विराटनगरका बलर सुवास भण्डारी र प्रतिश जिसीले समान ३ विकेट लिँदा सन्दिप लामिछानेले दुई विकेट निकाले।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा