"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यौनहिंसा दोषीलाई कारबाही गर्न सरकारलाई सभामुखको निर्देशन

प्रकाशित मिति :  ७ जेष्ठ २०७९, शनिबार १८:१७


काठमाडौँ । सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आठ वर्षअघि आफूमाथि आयोजकले यौनहिंसा गरेको भन्दै सार्वजनिक गरेको घटनालाई छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुखले उक्त घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । युवतीले सन् २०१४ मा आफू बलात्कृत भएको विषय केही दिनअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

प्रतिनिधिसभा बैठकमा सांसद गगन थापाले उक्त विषय उठाएपछि सभामुखले भने, ‘माननीय सदस्यहरू माननीय सदस्य (गगन थापा)ले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन गर्दछु,’ उनको भनाइ थियो ।

संसद्मा बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा सांसद थापाले सामाजिक सञ्जालमा आइरहेको यौनहिंसाको त्यस घटनाबारे सभामुखको ध्यानाकर्षण गराएका थिए । लगत्तै सभामुखले सरकारलाई घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन हुन् । 

बैठकमा सांसद थापाले पीडकलाई कारबाही गर्न माग गरेका थिए । ‘हिजो साँझ घर जाँदाखेर श्रीमती र दुई सानासाना छोरीहरू सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडिओ, जसमा आठ वर्षअघि आफूलाई बलात्कार गरेको घटना उनले बताइरहेकी थिइन्, त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरूको अनुहारमा परेको, मेरो छोरी डराएको घटना म सम्झिरहेको छु,’ उनले भनेका थिए, ‘सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई यत्रो विषय सार्वजनिक भइसकेपछि तत्कालै जसलाई अभियोग लागेको छ, अनुसन्धानको दायरामा ल्याउनको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु ।’

त्यस्तै, बैठकमा एमाले सांसद विमला विकले बलात्कारसम्बन्धी कानुनलाई पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता रहेको बताएकी थिइन् । ‘आज सामाजिक सञ्जालबाट एक नेपाली युवती विभिन्न शारीरिक यौनजन्य हिंसाबाट पीडित भएको कुरा आइरहेको छ । यसमा सरकारको यथाशीघ्र ध्यानाकर्षण होस् । कारबाही गरोस्,’ उनले भनिन्, ‘हामीले बलात्कारसम्बन्धी कानुनलाई पुनः परिमार्जन गर्नुपर्ने, बलात्कारलाई पुनर्परिभाषित गर्नुपर्ने देखिएको छ । हामी सांसद यसप्रति जवाफदेही हुनुपर्छ ।’

संसदमा पीडकलाई कारबाही गर्न माग गर्दै गगन थापाले भने–

हिजो साँझ घर जाँदाखेर श्रीमती र दुई सानासाना छोरीहरू सामाजिक सञ्जालमा आएको एक नौजवान युवतीको एउटा भिडिओ, जसमा आठ वर्षअघि आफूलाई बलात्कार गरेको घटना उनले बताइरहेकी थिइन्, त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरूको अनुहारमा परेको, मेरो छोरी डराएको घटना म सम्झिरहेको छु, सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई यत्रो विषय सार्वजनिक भइसकेपछि तत्कालै जसलाई अभियोग लागेको छ, अनुसन्धानको दायरामा ल्याउन हार्दिक आग्रह गर्न चाहन्छु ।

  • नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषद्को बैठकले उनलाई प्रधानन्यायाधीशमा

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा अब फटाफट फाइल सर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै