"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

प्रकाशित मिति :  30 December, 2025 11:23 am


काठमाडौं – बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज (मंगलबार) बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको निधन भएको सूचना दिएको छ । बीएनपीले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे निधन भएको छ ।’

२५ डिसेम्बरमा खालिदाका छोरा तारिक रहमान १७ वर्षपछि लण्डनबाट ढाका फिर्ता भएका थिए । उनी स्वदेश फर्किएको पाँच दिनपछि खालिदाको निधन भएको हो ।

खालिदा पछिल्ला केही महिनादेखि बिरामी थिइन् । ढाकाको इभरकेयर अस्पतालमा उनको उपचार भइरहेको थियो । खालिदा चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय थिइन् । पतिको हत्यापछि उनले बीएनपीको नेतृत्व सम्हालेकी थिइन् ।

सन् १९८१ मा जियाउर रहमान बंगलादेशका राष्ट्रपतिमा बहाल रहेकै बेला हत्या भएको थियो । खालिदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि उनी सन् २००१ मा सत्तामा फर्किएकी थिइन् । सन् २००६ सम्म खालिदाले सरकारको नेतृत्व गरेकी थिइन् ।

बीएनपीले बंगलादेशमा सम्पन्न पछिल्ला तीन निर्वाचन बहिष्कार गरेको थियो । सन् २०२४ मा तत्कालीन प्रधनमन्त्री शेख हसिनाविरूद्ध सुरू भएको विद्यार्थी आन्दोलनलाई खालिदाले समर्थन गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन