"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

प्रकाशित मिति :  30 December, 2025 11:23 am


काठमाडौं – बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज (मंगलबार) बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको निधन भएको सूचना दिएको छ । बीएनपीले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे निधन भएको छ ।’

२५ डिसेम्बरमा खालिदाका छोरा तारिक रहमान १७ वर्षपछि लण्डनबाट ढाका फिर्ता भएका थिए । उनी स्वदेश फर्किएको पाँच दिनपछि खालिदाको निधन भएको हो ।

खालिदा पछिल्ला केही महिनादेखि बिरामी थिइन् । ढाकाको इभरकेयर अस्पतालमा उनको उपचार भइरहेको थियो । खालिदा चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय थिइन् । पतिको हत्यापछि उनले बीएनपीको नेतृत्व सम्हालेकी थिइन् ।

सन् १९८१ मा जियाउर रहमान बंगलादेशका राष्ट्रपतिमा बहाल रहेकै बेला हत्या भएको थियो । खालिदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि उनी सन् २००१ मा सत्तामा फर्किएकी थिइन् । सन् २००६ सम्म खालिदाले सरकारको नेतृत्व गरेकी थिइन् ।

बीएनपीले बंगलादेशमा सम्पन्न पछिल्ला तीन निर्वाचन बहिष्कार गरेको थियो । सन् २०२४ मा तत्कालीन प्रधनमन्त्री शेख हसिनाविरूद्ध सुरू भएको विद्यार्थी आन्दोलनलाई खालिदाले समर्थन गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा