"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कुलमानको राजीनामापछि रिक्त मन्त्रालयमा सिन्हा, चौलागाईं र इङ्‍नामलाई जिम्मेवारी

प्रकाशित मिति :  8 January, 2026 9:44 pm


काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी मौजुदा मन्त्रिपरिषद्‍‍का अन्य सदस्यलाई सुम्पेकी छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्‍ट्रपति रामचन्द्र पौडेलले अनुमोदन पनि गरेका छन् । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको कार्यभार समेत उद्योग, वाणिज्य तथा आपूर्ति; कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री अनिलकुमार सिन्हाले सम्हाल्ने छन् ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभारसमेत वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले र सहरी विकास मन्त्रालयको कार्यभारसमेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्‍नामले सम्हाल्ने छन् ।

प्रधानमन्त्रीले उनीहरुलाई जिम्मेवारी तोकेको राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिएसँगै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनले सूचना जारी गरेको छ । गृह मन्त्रालयको

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेका तीन हजार

काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले मनोनयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको