"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’ लोकार्पण

प्रकाशित मिति :  21 January, 2026 11:36 am


काठमाडौँ – साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’ को लोकार्पण भएको छ। साहित्यकार एवं पत्रकार नारायण वाग्ले, अमर न्यौपाने र बिना थिङले उक्त कृतिको एकसाथ लोकार्पण गरेका हुन्। उपन्यासको शीर्षक फिजी भाषाबाट नै राखिएको लेखक सजीले बताए। उनका अनुसार यसको अर्थ हराएको, लोप भएको भन्ने हुन्छ।

शिल्पी थिएटरमा आयोजित कार्यक्रममा कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै वक्तात्रय साहित्यकार एवं पत्रकार वाग्ले, न्यौपाने र थिङले उपन्यासले एक सय पचास वर्षको इतिहासलाई समेटेको बताए।

राणाकालमा रोजगारीको सिलसिलामा नेपालबाट भारतको कलकत्ता पुगेका नेपालीलाई भारतमा तत्कालीन समयमा औपनिवेशिक शासन चलाइरहेको बेलायतले अर्को औपनिवेशिक मुलुक फिजीमा कामदारका रूपमा पुऱ्याएकाे थियाे। र तिनै नेपालीको कथा उपन्यासमा समेटिएको टिप्पणीकर्ताले खुलाए।

उक्त कथालाई कृतिमा रोचक र एेतिहासिक तरिकाले लेखिएको साहित्यकार न्यौपानेले बताए। उनले भने, ‘उपन्यास भाषिक हिसाबले काव्यिक र कथाको नवीनताले फरक स्वाद छ।’

यालीका नारी पात्रहरूको चर्चा गर्दै तिनको सौन्दर्यको बयान पुरातन रहेको लेखक बिना थिङले बताइन्। उनले भनिन्, ‘अझै पनि नारीको भौतिक शरीर र हाउभाउको बयान यस पुस्तक भित्रको कमजोरी हो, यद्यपि पाठकलाई आलोचनात्मक नलाग्न सक्छ।’ उपन्यासको शीर्षकअनुसार पुस्तान्तरणमा नेपाली पहिचान हराएको यथार्थपरक कथावस्तुले विदेश पलायनलाई सशक्त ढंगले उठाएको उनको भनाइ थियो।

त्यस्तै साहित्यकार नाणारायन वाग्लेले उपन्यास पढ्दा लेखकको निजी अनुभूतिजस्तो लागे पनि डायस्पोरिक लेखनको बलियो कृति र अकथ्य कथा रहेको धारणा राखे। ‘याली लेखकको निजी अनुभूतिजस्तो लागे पनि डायस्पोरिक लेखनको बलियो कृति हो,’ उनले भने, ‘अकथ्य कथा र नौलो परिवेशले उपन्यास रोचक र पठणीय छ।’

उपन्यासकार निष्प्रभ सजीले आफ्नो १० वर्षको मेहनतले याली लेखेको बताए। कलकत्ता र फिजी पुगेर तथ्य संकलन गरी उपन्यास लेखिएको बताउँदै उनले भने, àफरक स्वाद दिने कोसिस गरेको छु, पाठकले मन पराउनुहुनेछ।’ उपन्यास बुकहिल प्रकाशनले बजरमा ल्याएको हो। पुस्तकको मूल्य ६९९ रुपैयाँ तोकिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको

काठमाडौँ – चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ। बोर्डले एक सूचना

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको