"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’ लोकार्पण

प्रकाशित मिति :  21 January, 2026 11:36 am


काठमाडौँ – साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’ को लोकार्पण भएको छ। साहित्यकार एवं पत्रकार नारायण वाग्ले, अमर न्यौपाने र बिना थिङले उक्त कृतिको एकसाथ लोकार्पण गरेका हुन्। उपन्यासको शीर्षक फिजी भाषाबाट नै राखिएको लेखक सजीले बताए। उनका अनुसार यसको अर्थ हराएको, लोप भएको भन्ने हुन्छ।

शिल्पी थिएटरमा आयोजित कार्यक्रममा कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै वक्तात्रय साहित्यकार एवं पत्रकार वाग्ले, न्यौपाने र थिङले उपन्यासले एक सय पचास वर्षको इतिहासलाई समेटेको बताए।

राणाकालमा रोजगारीको सिलसिलामा नेपालबाट भारतको कलकत्ता पुगेका नेपालीलाई भारतमा तत्कालीन समयमा औपनिवेशिक शासन चलाइरहेको बेलायतले अर्को औपनिवेशिक मुलुक फिजीमा कामदारका रूपमा पुऱ्याएकाे थियाे। र तिनै नेपालीको कथा उपन्यासमा समेटिएको टिप्पणीकर्ताले खुलाए।

उक्त कथालाई कृतिमा रोचक र एेतिहासिक तरिकाले लेखिएको साहित्यकार न्यौपानेले बताए। उनले भने, ‘उपन्यास भाषिक हिसाबले काव्यिक र कथाको नवीनताले फरक स्वाद छ।’

यालीका नारी पात्रहरूको चर्चा गर्दै तिनको सौन्दर्यको बयान पुरातन रहेको लेखक बिना थिङले बताइन्। उनले भनिन्, ‘अझै पनि नारीको भौतिक शरीर र हाउभाउको बयान यस पुस्तक भित्रको कमजोरी हो, यद्यपि पाठकलाई आलोचनात्मक नलाग्न सक्छ।’ उपन्यासको शीर्षकअनुसार पुस्तान्तरणमा नेपाली पहिचान हराएको यथार्थपरक कथावस्तुले विदेश पलायनलाई सशक्त ढंगले उठाएको उनको भनाइ थियो।

त्यस्तै साहित्यकार नाणारायन वाग्लेले उपन्यास पढ्दा लेखकको निजी अनुभूतिजस्तो लागे पनि डायस्पोरिक लेखनको बलियो कृति र अकथ्य कथा रहेको धारणा राखे। ‘याली लेखकको निजी अनुभूतिजस्तो लागे पनि डायस्पोरिक लेखनको बलियो कृति हो,’ उनले भने, ‘अकथ्य कथा र नौलो परिवेशले उपन्यास रोचक र पठणीय छ।’

उपन्यासकार निष्प्रभ सजीले आफ्नो १० वर्षको मेहनतले याली लेखेको बताए। कलकत्ता र फिजी पुगेर तथ्य संकलन गरी उपन्यास लेखिएको बताउँदै उनले भने, àफरक स्वाद दिने कोसिस गरेको छु, पाठकले मन पराउनुहुनेछ।’ उपन्यास बुकहिल प्रकाशनले बजरमा ल्याएको हो। पुस्तकको मूल्य ६९९ रुपैयाँ तोकिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ। काइँलाले नेपाली

काठमाडौँ — ११ वर्षीय बाल कथाकार नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । उनको यो पहिलो एकल

काठमाडौं – अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट